२३ मंसिर २०८२, मंगलवार
,
Latest
एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना न्यायलयको निर्णयले राहत महसुस भएको छ: निर्देशक शाक्य ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले विदेशमा बसेका गोरखाका छोराछोरीले उतैको परिचयपत्र लिएपछि नेपालमा नागरिकता नपाउँदा सम्पती उपभोग गर्न पाउने अधिकार गुम्ने सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ सरकार सचेत रहन आवश्यक रहेको बताउनु भयो । उहाँले नागरिकताको दुरुपयोग बढ्नसक्नेतर्फ संकेत गर्दै  वंशजको नागरिकतालाई लचिलो बनाउन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले ब्रिटिस गोर्खाका छोराछोरीहरु त्यँही पढिरहेका छन् । उनीहरुले उतैको परिचय प्रमाणपत्र लिएका पनि छन् । पछि उनीहरुको आमाबुबा मरेपछि नागरिकता नभएको अवस्थामा नेपालमा रहेको सम्पती खान पाउने अवस्था रहदैन । यो विषयमा गम्भीर रुपमा सोच्नुपर्छ । यो स्वघोषणाको विषयमा पनि समस्या आउन सक्छ । वंशजको नागरिकतामा सरकार लचिलो हुनुहुदैन । तर अंगीकृत नागरिकताका सम्बन्धमा बरु लचिलो हुनसक्छ । यो महिलालाई अफ्ठ्यारो पार्नेगरी कानून आउँदैछ । यसमा सचेत हुन जरुरी छ ।’

उहाँले लैङ्गिक समावेशीकरणको आधारमा नागरिकतासम्बन्धी विधेयक ल्याउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।