५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षमताभन्दा बढी कैदी राखिएको देखियो, रविलाई बाहिर हिँडडुल गर्न दिइएको रहेनछः आयुक्त थापा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रूपन्देही कारागारको अनुगमन गरेको छ । आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार रूपन्देही कारागारको अवस्थाबारे अनुगमन गरेको हो ।

कारागार अनुगमन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै आयुक्त थापाले कारागारमा क्षमताभन्दा बढी कैदी राखेको पाइएको बताएकी छिन् । क्षमताभन्दा बढी कैदी राख्नु र कैदी व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी रहेको बताउदै उनले भनिन्, ‘२५० जना कैदी राख्ने क्षमता भएको यस कारागारमा ७०० कैदी राखिएको छ, यो न्यूनतम मानव अधिकारको हनन् भएको विषय हो, हामीले त्यो पायौं ।’

आयुक्त लिली थापाले अनुगमनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि कुराकानी गरिएको बताइन् । लामिछानेले बाहिर हिँडडुल गर्न नपाएको गुनासो गरेका बताउदै उनले भनिन्, ‘उहाँले अहिलेसम्म बाहिर हिँडडुल गर्न पाएको छैन। बाहिर गएर स्वच्छ हावा लिन पाउनुपर्‍यो, पत्रपत्रिका पढ्न पाउनुपर्‍यो, न्युज सुन्न पाउनुपर्‍यो भन्ने कुरा गर्नुभयो । उहाँले कानुनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानुन व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएकोजस्ता कुरा पनि सुनाउनुभयो।’

यस्तै, पत्रकारहरुले लामिछाने बस्ने कोठाको अवस्थाबारे सोध्दा उनले कोठामा एसी वा कुलर नभएको दुइटा पंखा मात्रै भएको बताईन् । उनले भनिन्, ‘ कोठाभित्र भुइँमा हरियो कार्पेट विच्छाइएको छ, दुई वटा पंखा छ, एउटा खाट, एउटा टेबुल छ । अट्याच शौचालय छ तर पूरा गारो छैन, हल्का मात्रै गारो लगाइएको छ । ’

आयुक्त थापाले यस विषयमा काठमाडौं गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने र कारागारको अवस्थाबारे आयोगले छिट्टै धारणा सार्वजनिक गर्ने बताइन् ।




भर्खरै