६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नक्सा सार्वजिनक पार्टीको निर्णय हो कसैको देवत्वकरण आवश्यक छैन- बामदेव

नक्सा सार्वजिनक पार्टीको निर्णय हो कसैको देवत्वकरण आवश्यक छैन- बामदेव
अ+ अ-

काठमाडौँ । नेकपाका उपाध्यक्ष वामदेब गौतमले लिम्पियाधुरा समेत समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय पार्टीले गरेको बताएका छन् । उनले भनेका छन्, यो नेपालका सबै भूभाग समेटेर नयाँ नक्सा बनाउने र सार्वजनिक गर्ने भनी पार्टीले निर्णय गरेको हो र त्यो काम सरकारले गरेको हो । सरकारले लिम्पियाधुरासहितको नक्सा पार्टी निर्णय अनुसार पारित गरेको दाबी उनले गरेका छन्।

बुधबार एक प्रेस नोटमार्फत उनले पार्टी निर्णयअनुसार नै भएको कामलाई लिएर कुनै एक व्यक्तिको देवत्वकरण नगर्न समेत उनले आग्रह गरेका छन्। उनको यो भनाईको लक्ष प्रधानमन्त्री ओलीप्रति देखिन्छ । अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छु, गौतमले भनेका छन् तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ।

सोमबार सरकारले लिम्पियाधुरासम्म भुभाग समेटेर नेपालको नक्सा पारित गरेको थियो। नक्सा पारित भएकोमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली निकटका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको उच्च प्रशंसा गरेका थिए।

प्रधानमन्त्री ओलीको देवत्वकरणका कारण उपाध्यक्ष गौतमले यो प्रेस नोट जारी गरेको देखिन्छ । उनले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरेको  समेत बताएका छन्। तर पनि सो नोटमा उनले समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी रहेको पनि भनेका छन् । 

प्रेस नोटमा उनले नक्सा सार्वजनिक गर्ने विषयलाई सशक्त रुपमा उठाउने आफू भएको समेत दाबी गरेका छन् । नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले सुरूदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको सबैमा स्मरण गराउन चाहन्छुु, गौतमले भनेका छन् ।