रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको कारागार र त्यहाँको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार पुगेका छन् ।
सोमबार आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली भैरहवास्थित कारागारको अनुगमनमा पुगेका हुन् ।
अनुगमनमा आयोगकी आयुक्त थापालाई मात्रै रवि बसेको कोठामा जान अनुमति खिईएको छ । टोलीमा रहेका अन्य सदस्य र पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएका छन् ।
कारागारको ब्लक नम्बर ४ मा रहेका लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली अनुगमनको लागि कारागार पुगेको हो ।
गत चैत २२ गते उच्च अदालत तुलसीपुरको इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी भैरहवा कारागारमा छन् ।










