२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु



अ+ अ-

काँक्रेविहार । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा एम्बुलेन्सका चालक भेरी–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी–१  डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो । चालक चनाराको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।