२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी र पत्रकारको भिसा अवधिमा कडाइ गर्ने अमेरिकाको तयारी



अ+ अ-

काठमाडौं । अमेरिकाले विद्यार्थी, पत्रकार, एक्सचेन्ज भिजिटरको भिसा नीतिमा व्यापक परिवर्तनको तयारी गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकारी आदेश १२८६६ अन्तर्गत डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र अमेरिकी अध्यागमन एजेन्सी आइसले यो नियम ल्याउन लागेका हुन् ।

गैरआप्रवासी विद्यार्थी, एक्सचेन्ज भिजिटर र विदेशी सञ्चारकर्मीका लागि हाल अमेरिका प्रवेश गर्दा उद्देश्य समाप्त नहुन्जेल अमेरिकामा बस्न पाउने गरी डीएसस्थीति प्रदान गरिँदै आएकोमा यो नीतिले त्यसलाई हटाएर अमेरिकाभित्र बस्न पाउने निश्चित अवधि तोक्नेछ ।

यो प्रस्तावित नियमले भिसा वाहकलाई निश्चित समयका लागि मात्र अमेरिकामा बस्न दिनेछ । अर्थात् तोकिएको अवधिभित्र पत्रकारिता वा अध्ययन पूरा नभएको खण्डमा भिसा वाहकले या त अमेरिका छाड्नुपर्नेछ या त भिसाको अवधि लम्बाउनका लागि आवेदन दिनुपर्नेछ ।

यो प्रस्ताव गत जुन २७, २०२५ मा व्यवस्थापन र बजेट कार्यालयमा पेस भएपछि अगस्ट ७, २०२५ मा सूचना र नियामक मामिला कार्यालयद्वारा सङ्घीय समीक्षा पूरा गरेको हो ।

हाल यी भिसा वर्गका व्यक्तिहरूले आफ्नो कार्यक्रम वा कार्यको अवधिभर अमेरिकामा बस्न पाउँछन्, जसको कुनै निश्चित अन्तिम मिति हुँदैन । उनीहरू भिसाका सर्तहरूको पालना गरुन्जेल अमेरिकामा बस्न पाउँछन् ।

अहिले प्रस्तावित नियमले यो भिसाको लचिलोपनलाई हटाउने छ । यसले निश्चित अवधि तोक्नेछ र यदि भिसा वाहकहरू तोकिएको समयभन्दा बढी अमेरिकामा बस्न चाहेमा उनीहरूले बसाइ विस्तारका लागि आवेदन दिनुपर्नेछ ।

यो नीति परिवर्तनले ठूलो सङ्ख्यामा मानिसहरूलाई असर गर्नेछ । आर्थिक वर्ष २०२४ मा मात्रै अमेरिकाले ४,००,७३७ विद्यार्थी भिसा, १२,९२४ पत्रकार भिसा र ३,२२,८२० एक्सचेन्ज भिजिटर भिसा जारी गरेको थियो ।

आर्थिक वर्ष २०२३ मा सीबीपीले १७ लाखभन्दा बढी विदेशी विद्यार्थी, ५ लाख ४३ हजारभन्दा बढी एक्सचेन्ज भिजिटर र ३२ हजार ४७० विदेशी सञ्चार माध्यमका प्रतिनिधिहरूलाई अमेरिकामा भर्ना गरेको थियो ।