६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

देवघाटलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

देवघाटलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान
अ+ अ-

नवलपरासी। पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान सञ्चालन गरिएको छ । नवलपुरको गैँडाकोटस्थित ‘सहमति संस्था’सँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले उक्त अभियान सञ्चालन गरेको हो ।

त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लास्टिकजन्य फोहर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्न अभियान सुरु गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । देवघाट क्षेत्रभित्र प्लास्टिकलाई निरुत्साहन गर्न अभियानसँगै कपडाको झोला वितरण सुरु गरिएको छ ।

देवघाट स्नान गर्न आउने तीर्थालुले प्लास्टिकका झोलामा पूजा सामग्री लिएर आउने र नदीमा यसै छाड्दा यसले पर्यावरणमा असर पु¥याएकाले नदी प्रदूषण रोक्न अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

नवलपुर, तनहुँ र चितवनमा पर्ने यस पवित्र तीर्थस्थलमा टाढाटाढाबाट तीर्थालु आउने गरेका भन्दै अभियानले नदीलाई सफा र हराभरा रुपमा बग्न मद्दत गर्ने कार्यकारी निर्देशक बरालले बताउनुभयो ।

“धार्मिक क्षेत्रमा प्लास्टिक नलैजाउँ, प्लास्टिकजन्य फोहर रोकौँ भन्ने हाम्रो अभियान हो”, कार्यकारी निर्देशक बरालले भन्नुभयो, “तीर्थस्थलहरुको तीर्थस्थल देवघाटधामलाई स्वच्छ राख्नु हामी सबैको कर्तव्य हो ।” संसारभर विकराल बन्दै गएको प्लास्टिकजन्य फोहरलाई निरुत्सान गर्नका लागि समितिले नदी स्नान गर्न प्रवेश गर्ने स्थानमा कपडाको झोला वितरण गर्ने गरेको छ ।

“हामीले विशेष गरी साउनको सोमबारका दिन नदीको प्रवेशद्वारमा बसेर कपडाको झोला दिएर प्लास्टिकका झोलाहरु लिने गरेका छौँ, यसले प्लास्टिकका झोला नियन्त्रणमा केही सहयोग पुग्छ”, कार्यकारी निर्देशक बरालले भन्नुभयो, “प्लास्टिकको झोला स्थानीयले भन्दा पनि बाहिरबाट आउने तीर्थयात्रीले ल्याउने गरेकाले सबैमा सचेतना फैलाउन सके मात्रै नियन्त्रण हुन्छ ।”

प्लास्टिकजन्य फोहर नियन्त्रण गर्न झोला वितरण मात्रै प्रभावकारी नहुने भन्दै उहाँले जनचेतना फैलाएर घरबाटै प्लास्टिक नबोक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

आफूहरुको अभियानलाई देवघाटसँग जोडिएका तीन वटै जिल्लाका पालिकाबाट सहयोग रहेको र उनीहरुले बजेट विनियोजन गरेको कार्यकारी निर्देशक बरालको भनाइ छ ।

“कालीगण्डकी, त्रिशूली र नारायणी नदी प्रदूषणमुक्त होस्, देवघाटमा निर्धक्कसँग स्नान गर्न सकियोस् भन्ने हाम्रो चाहना हो”, उहाँले भन्नुभयो, “मानव सभ्यता विकास नदी किनारबाट भएकाले नदीको संरक्षण गर्नु र प्रदूषण रहित बग्न दिनु हामी सबैको दायित्व हो ।”

अहिलेबाट नदीलाई स्वच्छ राख्दै भविष्यका पुस्ताका लागि समेत नदी संरक्षण गरिदिनुपर्ने उहाँले बताउनुभयो । समितिले दिएको तीर्थयात्रीलाई दिएको कपडाको झोला नदीमा पूजा गरेर फर्किँदा फिर्ता गर्नुपर्ने र ती झोला अन्य तीर्थालुहरुलाई प्रयोग गर्न दिइने कार्यकारी निर्देशक बरालले बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले नदीसँगै हामी अभियान वैशाखबाट सुरु गरिएको भए पनि अहिले साउनको सोमबार विशेष प्राथमिकता साथ सञ्चालन गरिएको बताउनुभयो । सहमति संस्थासँग सहकार्य गरी थप झोला छपाउने काम भइरहेको भइरहेको उहाँको  भनाइ छ ।

“घरबाटै प्लास्टिकको झोला लिएर देवघाट नजाने वातावरण बनाउन सबै क्षेत्रबाट साथ र सहयोग आवश्यक छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “नदी हाम्रो सभ्यता हो, त्यसमाथि देवघाटधाम सम्पूर्ण हिन्दूहरुको आस्थाको केन्द्र पनि हो ।”

देवताहरु स्नान गर्न आउने देवघाटधामलाई पवित्र राख्नका लागि सम्पूर्ण भक्तजनहरु सचेत हुनुपर्ने उहाँले बताउनुभयो । देवघाटमा प्लास्टिक मात्रै नभई कुनै पनि प्रकारको प्रदूषण नगर्न सबै सचेत हुनुपर्ने सूचना अधिकारी पौडेलको भनाइ छ । देवघाटलाई प्लास्टिकमुक्त बनाउनका लागि विभिन्न ठाउँमा सचेतनामूलक होर्डिङ बोर्डसमेत राखिएको छ । रासस