२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वार्ताबाट समाधान खोज्न तयार छ,तर दवावबाट झुक्दैन: कमल थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको दवावबाट नेपाल नझुक्ने धारणा राखेका छन्। उनले सन्धि विपरित नेपाली भूमी अतिक्रमण गरी भारतले ६ दशकदेखि सिमाको 'कृत्रिम विस्तार' गर्दै आएको बताए। बिहीबार बिहान ट्वीटरमार्फत सिमानाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै थापाले चेतावनी दिएका छन्। थापाले अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने,बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको भन्दै विरोध जनाएका छन्। ‘वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबिच अतिक्रमितक्षेत्रमा सैनिक ब्यारेक खडागर्ने,बाटोबनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो। ’, थापाले ट्वीटमा लेखेका छन, ‘नेपाल वार्ताबाट समाधान खोज्न तयार छ,तर दवावबाट झुक्दैन।’ लामो विवादपछि सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा बुधबार सार्वजनिक गरेको छ। नक्सा प्रकाशन गर्न र प्रचलनमा ल्याउन नेपाल केपी ओली नेतृत्व मन्त्रिपरिषद्ले जेठ ४ मा निर्णय लिएको हो। मन्त्रिपरिषद्ले नेपालको अद्यावधिक राजनीतिक प्रशासनिक नक्सा स्वीकृत गरी लागू गर्दै सबै स्थानमा प्रयोगमा ल्याउने निर्णय लिएको थियो। तर भारत सरकारले लगत्तै उक्त नक्सा सार्वजनिक भएपछि अस्वीकार्य भन्दै टिप्पणी गरेको छ।

नेपालको भारतसँग जोडिएको पश्चिम सीमामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई लिएर पछिल्लो समय नेपाल र भारतीय सरकारबीच नै मतभेद भइरहँदा थापाबाट यस्तो टिप्पणी आएको हो। थापाले यस अगाडि नै भारतको मिचाहा प्रवृत्तिविरुद्ध संयुक्त राष्ट्रसंघमा आवाज उठाउनुपर्ने धारणा राखेका थिए। लिपुलेकमा नेपालीभूमी अतिक्रमण गरेर भारतले बाटो बनाएकोप्रति विरोध जनाउँदै थापाले यस्तो बताएका हुन्।

अभिनेत्री मनिषा कोइरालाले गरेको एक ट्वीटप्रति भारतीय मिडियाहरु खनिएपछि थापाले त्यहाँका मिडियाले ‘पित पत्रकारिता’गरेको भन्दै विरोध गरेका छन्। अन्नपुर्णपोष्ट दैनिक