२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु अष्टिम्की चित्रकला कार्यशाला सम्पन्न



अ+ अ-

काठमाडौँ। विश्व आदिवासी दिवसको सन्दर्भमा आज अग्रासन थारु महिला समाज, काठमाडौँ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आज ‘थारु अष्टिम्की चित्रकला कार्यशाला’ सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जनजातीय कला र नेपाली सांस्कृतिक पहिचानलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस्ता पहलले एकता, सद्भाव र चेतनाको विकास गर्दछ । हामी को हौँ भन्ने प्रश्नको उत्तर सांस्कृतिक जागरणबाट दिन सकिन्छ । अष्टिम्की कला थारु जनसमुदायको मौलिक पहिचान हो र यसको संरक्षण तथा प्रवर्द्धनले राष्ट्रिय एकता सुदृढ बनाउँछ ।”

अग्रासन थारु महिला समाजकी उपाध्यक्ष किरण चौधरीले अष्टिम्की चित्रकला नयाँ पुस्तामा हस्तान्तरण गर्न र यसको महत्व बुझाउन कार्यशाला आयोजना गरिएको बताउनुभयो । थारु संस्कृतिका अध्येता शत्रुघन चौधरीले कार्यपत्र प्रस्तुत गर्दै अष्टिम्की कला थारु समुदायको एक महत्वपूर्ण प्रदर्शनकारी सौन्दर्यकला रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसमा बनाइने चित्र र गाइने गीतहरूमा थारु समुदायको जीवनदर्शन अभिव्यक्त हुन्छ । तर पछिल्लो समयमा आधुनिकीकरण र सूचना प्रविधिको प्रभावसँगै यस्तो सांस्कृतिक महत्व बोकेको कला ओझेलमा पर्दै गएको छ ।”

अष्टिम्की थारु समुदायको मौलिक पर्व हो, जुन कृष्णाष्टमीका दिन मनाइन्छ । विशेष गरेर थारु महिला साउन÷भदौ महिनाको कृष्णपक्षमा पर्ने अष्टमीको दिन ब्रत बसेर परम्परागत शैलीमा मनाउने गर्दछन् ।

यो दिन अष्टिम्की चित्र बनाएर पूजा गर्ने गर्दछन् । यो कार्यशाला दोस्रो पटक आयोजना गरिएको हो । कार्यशालामा ५० भन्दा बढी सहभागी थिए । उनीहरुलाई चित्रकार विष्णु चौधरी र बलराम चौधरीले प्रशिक्षण दिनुभएको थियो । रासस