११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने राजदूत आरीबासको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासले इजरायल–नेपाल सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै यसलाई थप उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

इजरायलमा अध्ययन गरेको नेपालीहरुको संस्था सलोम क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कठिन समयमा रहेको इजरायललाई नेपालले सधैँ नैतिक समर्थन गर्दै आएकामा आभार व्यक्त गर्दै आफ्नो मुलुकले पनि नेपाललाई भरपर्दो मित्रका रुपमा व्यवहार गर्दै आएको बताउनुभयो ।

राजदूत आरीबासले शिक्षा, स्वास्थ्य, कृषि विकास, श्रम र सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा नेपाललाई यथाशक्य सहयोग गर्दै आएको र त्यो भविश्यमा पनि निरन्तर रहने बताउँदै निकट भविष्यमा एक हजार नेपाली श्रमिक इजरायल जान लागेका जानकारी दिनुभयो । दुवै देशका सरकारी अधिकारी नेपाली श्रमिकलाई इजरायल पठाउने प्रक्रिया पूरा गर्ने चरणमा रहनुभएका उहाँले बताउनुभयो ।

क्लबका अध्यक्ष प्राध्यापक भीमप्रसाद श्रेष्ठले नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धसेतुका रुपमा क्लबले काम गरिरहेको बताउनुभयो ।