४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियासँग ११ गोल खाँदै एसिया कपको दौडबाट बाहिरियो नेपाल



अ+ अ-

काठमाडौं । एएफसी यू-२० महिला एसियन कपको छनौटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित भएको छ ।

भुटानमा जारी छनोटमा उत्तर कोरियासँग झण्डै एक दर्जन गोलले पराजित भएको नेपाल एसिया कपमा पुग्न सकेन । समूह ‘ए’मा रहेको उत्तर कोरिया भने ९ अंक जोड्दै एसिया कपमा पुगेको छ ।

खेलको तेस्रो मिनेटमा नै पहिलो गोल गरेको उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा थप ६ गोल गर्‍यो । उत्तर कोरियाले १२औं मिनेटमा दोस्रो, २४औं मिनेटमा तेस्रो, ३७औं मिनेटमा चौथो र ४१औं मिनेटमा पाचौं गोल गर्‍यो । दोस्रो हाफमा ४८औं, ५३औं, ८८औं, इन्जुरी समयको पहिलो, छैटौं र अन्तिम मिनेटमा गोल गर्न सफल रह्यो ।

नेपालले पहिलो खेल भुटानसँग १-१ को बराबरी खेल्दा दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले पराजित गरेको थियो ।