६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को प्रादेशिक क्वारेन्टाइन १४ दिन सिल



अ+ अ-

जनकपुर । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजिकै बनाइएको प्रादेशिक क्वारेन्टाइनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका–५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टाइनलाई बन्द गरिएको हो । उक्त क्वारेन्टाइनमा बसेका कोरोना शंकास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय जिल्ला संकट व्यवस्थापन समितिले बुधबार गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

नेपाली सेनाको रेखदेख तथा प्रदेश नंं २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टाइनमा सुरुका दिनमा प्रदेश नंं २ का विभिन्न जिल्लाका कोरोनाका आशंकित व्यक्तिलाई राख्ने काम हुँदै आएको छ । अहिले पनि क्वारेन्टाइनमा ८१ नागरिक धनुषा, महोत्तरी तथा भारतीय रहेको क्वारेन्टाइन इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए ।

अब क्वारेन्टाइनमा भएका सबैको स्वाब संकलन गरी पीसीआर परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी नयाँ शिराबाट सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताए । खासगरी क्वारेन्टाइनमा दूरी अपनाइए पनि चेतनाको अभावले एकै ठाउँमा खाना खाँदा सङ्क्रमण देखा परेको आशङ्का भएकाले सबैको परीक्षण नगरेसम्मका लागि सिल गरिएको छ । धनुुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको व्यवस्थापन समिति धनुषाको बैठकले नगराइन नगरपालिकालाई अर्को क्वारेन्टाइन सञ्चालन गर्न पत्राचारसमेत गरेको छ । सौर्य दैनिक