काठमाडौं: आज गाईजात्रापर्व । यस पर्वका अवसरमा काठमाडौंको बसन्तपुर क्षेत्रमा बिशेष रौनक हुने गर्दछ ।
बिशेष गरेर लाँखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौँमा देखाइन्छ । नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका पनि लाँखे नाच देखाउने गरिन्छ ।
लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधारणको देखि बिदेशी पर्यटकको पनि उतिक घुइँचो लाग्ने गर्दछ । लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ ।
ढोलक झ्याम्टाको जिउनै थर्किने आवाजमा डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको अवाज निकाल्दै सहरबजारमा लाखेनाच देखाउने गरिन्छ ।
फोटो- राजबहादुर शाही

















