२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस–एमालेबीच प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने सहमति



अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसबिच वर्तमान सरकारलाई थप बलियो र प्रभावकारी बनाउने सहमति भएको छ ।

दुई दल सम्मिलित प्रदेशस्तरीय संयन्त्रको आज सम्पन्न बैठकले सरकार सञ्चालन, बजेट कार्यान्वयन र प्रदेश सरकारअन्तर्गत खाली रहेका विभिन्न नियुक्तिका सन्दर्भमा छलफल गरी गठबन्धनको मर्मअनुरुप अघि बढ्ने निष्कर्ष निकालेको एमालेका प्रदेश अध्यक्ष गुलाबजंग शाहले जानकारी दिए ।

उनले एक वर्षमा सरकारले गरेका कामकारबाहीको समीक्षासँगै सरकारलाई थप प्रभावकारी बनाउने विषयमा साझा धारणा तय भएको बताए । काँग्रेस-एमालेबीच सत्ता साझेदारीमा खटपट भएको भनी गरिएको प्रचारमा सत्यता नरहेको भन्दै अध्यक्ष शाहले दुई दलबीच सरकारलाई थप प्रभावकारी बनाएर लैजाने सहमति भएको बताए ।

“सत्ता गठबन्धनमा खटपट भएको भनेर खरब आइरहेका छन्, ती सत्य होइनन् । आजको बैठकले सबै कुराको समीक्षा गर्दै सरकारका काम थप प्रभावकारी बनाउने, खाली रहेका निकायमा तत्काल नियुक्त गर्नेलगायत विषयमा साझा धारणा तय गरेको छ”, उनले भने ।

बैठकमा मुख्यमन्त्री यामलाल कँडेल, काँग्रेस कर्णाली प्रदेश सभापति शाही, काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी र अध्यक्ष शाहलगायत सहभागी थिए ।