२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनैपूर्णिमाको दिन गोसाइँकुण्ड- फोटो फिचर



अ+ अ-

काठमाडौं । भगवान् शङ्कर विराजमान रहनुभएको पवित्र तीर्थ स्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको दिन स्नान गर्न धेरै श्रद्धालुहरु पुग्ने गर्दछन् ।

उक्त स्थानमा स्नान गर्नाले पापबाट मुक्त हुने जनविश्वास रहेको छ । समुद्री सतहदेखि ४ हजार ३०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड धुञ्चे बजारहुँदै चन्दनबारी वा लौरीविनायकभएर पुग्न सकिन्छ ।

जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् ।

गोसाइँकुण्ड तीर्थ बौद्ध तथा हिन्दू दुवै धर्मावलम्बीको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा स्थानीय वेषभूषाले रौनकता थप्छ ।

तस्बिर: सुजित केसी