एजेन्सी । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइ ओ एम) ले अफगानिस्तानले हाल जबरजस्ती निर्वासनको सामना गरिरहेको उल्लेख गर्दै यस वर्ष मात्र १.५ मिलियन आप्रवासी निर्वासित भई छिमेकी देशबाट स्वदेश फर्किने चतावनी दिएको छ ।
सङ्गठनका अनुसार अन्तर्राष्ट्रिय समर्थन बिना नै अफगान आप्रवासीहरूलाई निर्वासित गर्ने पाकिस्तानी निर्णयले अफगानीस्तानलाई तत्काल गम्भीर सङ्कट तिर धकेलिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि उप प्रवक्ता फरहान हकले अफगानीहरुले हाल जबरजस्ती निर्वासनको सामना गरिरहेको बताउदै तत्काल अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्नु भएको छ ।
यसै गरी सन् २०२३ सेप्टेम्बर देखि हाल सम्म ४० लाख भन्दा बढी अफगानहरू इरान र पाकिस्तानबाट फर्केको उल्लेख गर्दै २०२५ मा मात्र १.५ मिलियन भन्दा बढी फर्किने टोलो न्यूजले जनाएको छ ।
“युएन वुमन” ले प्रतिवेदन जारी गर्दै निर्वासित आप्रवासीहरूको लगभग आधा हिस्सा महिला तथा वालवालीका भएको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार अफगानिस्तान फर्केपछि उनीहरुले गरिबी, हिंसा र प्रतिबन्ध लगायतका खतराहरूको सामना गरिरहेका छन् ।
इरान र पाकिस्तानबाट चलिरहेको जबरजस्ती निर्वासनको बीचमा सामूहिक निर्वासनको सम्भावित नतिजाको बारेमा चेतावनी आएको हो ।










