२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए



अ+ अ-

बाजुरा। बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् ।

मन्दिरमा दर्शन गरी फर्कने क्रममा हराएका उहाँलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकका गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभएको छ ।

शुक्रबार ५ः३० बजे बूढीनन्दाबाट फर्किएर चुडेपानी बर डाँडामा आएको र त्यहाँबाट फेरि बूढीनन्दातर्फ फर्किएकाले उहाँको खोजी लागि प्रहरी परिचालन गरिएको थियो ।