१ भाद्र २०८३, सोमबार
,
Latest
देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछः पूर्वराष्ट्रपति भण्डारी



file photo
अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धनले पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभएको हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्व हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने गरेको उल्लेख गर्नुभयो ।

“आत्मिक शुद्धी, संयम, दान र आत्मबलको प्रतीक जनैपूर्णिमा पर्वले सबैमा धर्म, संस्कार र कर्तव्यबोधको भावना जागृत गराउनुका साथै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ”, उहाँले शुभकामनामा भन्नुभएको छ, “यसै दिन नौ प्रकारका अन्नबाट तयार गरिने परम्परागत परिकार क्वाँटी खाने चलनले हाम्रो मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसँगै जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतनालाई समेत उजागर गर्दछ ।”

जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्वले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पु¥याउने उहाँको विश्वास  छ ।  रासस