४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो



अ+ अ-

काठमाडौं । आज (शुक्रबार) चितवन सहित देशका विभिन्न जिल्लामा ३० जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा नयाँ संक्रमितहरु फेला परेका हुन् । संक्रमितहरु नवलपरासी (बर्दाघात सूस्ता पुर्व) विनय त्रिवेणी गाँउपालिका–६ निवासी ४५ वर्षिय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघ, चितवन निवासी ७४ वर्षिय पुरुष र ७३ वर्षिय महिला रहेका छन् ।

त्यसैगरी नवलपरासी सूस्त गाँउपालिका–५ र रामग्राम न.पां–३ र ८ निवासी ३३ र ३५ वर्षिय पुरुषहरु छन् र १५ वर्षिय युवती छिन् ।

कपिलवस्तु बाणगंगा न.पां, मायादेवी गाँउपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिय पुरुषहरु र ८ वर्षिय बालिकालाई पनि संक्रमण देखिएको छ । त्यसैगरी सर्लाही गोडैता न.पा.–८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाँउपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षिय पुरुषहरु र १८ वर्षिय युवतीमा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यतीबेला सबै संक्रमितहरु स्वास्थ्यकर्मिहरुको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या बढेर अहिले जम्मा ४ सय ८७ पुगेको छ ।