२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र पुटिनबीच शुक्रबार अलस्कामा भेट्ने तय, के हुँदैछ कुरा ?



File Photo
अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आागमी शुक्रबार भेटवार्ता हुने भएको छ ।

अलास्कामा हुने सो भेटमा युक्रेन युद्ध अन्त्यको विषयमा छलफल हुनेछ । अमेरिकी राष्ट्रपतिले युद्ध रोक्न रुसलाई दबाब दिएपछि यो वार्ताको मिति तय भएको हो ।

यसअघि नै ट्रम्पले धेरै विषयमा सहमतिको नजिक पुगेका कारण वार्ता सकारात्मक हुने बताएका छन् ।

अलस्कामा नै सन् २०२१ मा राष्ट्रपति जो वाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई बोलाएर वार्ता गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीच यसअघि पनि पटकपटक टेलिफोन वार्ता हुने गरेको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि १२ फेब्रुअरीका दिन ट्रम्प र पुटिनबीच फोन वार्ता भएको थियो । १८ फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री मार्क रुबियो र रुसी विदेशमन्त्री सर्जी लाबरोभ बीचमा वार्ता भएको थियो । १८ मार्चका दिन पुटिन र ट्रम्पबीच फोन वार्ता भएको थियो ।

११ अप्रिलका दिन अमेरिकी दूत स्टिभ विटकोफले पुटिनसँग भेट गरेका थिए । १५ मेका दिन अमेरिकी कूटनीतिज्ञले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग भेट गरेका थिए । ६ अगस्टका दिन रुसी तेल खरिद गरेका कारण अमेरिकाले भारतीय सामानमा थप २५ प्रतिशत करको निर्णय गरेको थियो ।