१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीले तीनवटा निष्कृय प्रहरी कुकुर बिक्री गर्ने



जर्मन शेफर्ड कुकुर
अ+ अ-

काठमाडौं: नेपाल प्रहरी मातहतको केनाइन कार्यालय, महाराजगंजमा रहेका तीन वटा निष्कृय प्रहरी कुकुर वितरण गरिने भएको छ ।

सो कार्यालयले सात दिनको म्याद राखी यही साउन २१ गते सूचना प्रकाशन गरेको छ । वितरण गरिने कुकुरहरुमा ८ वर्षकी बिजुली नाम दिइएको जर्मन शेफर्ड (खोजी तथा उद्धार), ११ वर्षको मोती नाम गरेको गोल्डेन रिट्रिभर (लागू औषध खोजी तथा पहिचान) तथा ९ वर्षको म्याक नाम दिइएको जर्मन शेफर्ड (बिस्फोटक पदार्थ खोजी एवं पहिचान) रहेका छन् ।

यी कुकुरमध्ये बिजुलीको मूल्य रु. पाँच हजार, मोतीको रु. चार हजार र म्याकलाई रु. ४ हजार पाँच सय राखिएको छ ।

यी कुकुरहरु नेपाल प्रहरीका बहालबाला कर्मचारी, पूर्व प्रहरी कर्मचारी, इच्छुक दाता र अन्य सर्वसाधारण व्यक्तिलाई प्राथमिकताका आधारमा बिक्री गरिने पनि केनाइन कार्यालयको सूचनामा उल्लेख छ ।




भर्खरै