९ आश्विन २०८१, बुधबार
,
Latest
जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर संक्रमित ५२ लाखको हाराहारीमा, ३ लाख ३४ हजारको मृत्यु



अ+ अ-

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५२ लाख नाघेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख सात हजार नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ९३४ जनाको ज्यान गएको छ । 

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ६१४ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ३३ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।  

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजारको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । 

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४१८ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९६ हजार ३५४ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ४८६, फ्रान्समा २८ हजार २१५, स्पेनमा २७ हजार ९४०, बेल्जियममा ९ हजार १८६, जर्मनीमा ८ हजार ३०९ र नेदरल्यान्ड्मा ५ हजार ७७५ जनाको मृत्यु भएको छ । 

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २० हजारको मृत्यु भएको छ । यहाँ एकै दिन १ हजार १८८ जनाको ज्यान गएको छ । यसैगरी, इरानमा ७ हजार २४९, मेक्सिकोमा ६ हजार ५१०, क्यानाडामा ६ हजार १५२ र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।