३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कल्याणपुर नगरप्रमुख साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

सिरहा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साहविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नगरप्रमुख साहले नगरपालिका–६ अन्तर्गत नाला निर्माण योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिएको पुष्टि भएको छ । अख्तियारको बर्दिबासबाट खटिएको टोलीले साहलाई गत असार ३२ गते घुस रकमसहित रङ्गेहात पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा सेवाग्राहीबाट भुक्तानी प्रयोजनका लागि लिएको भनिएको रु एक लाख घुसबापतको रकम कार्यालय परिसरमै लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको उल्लेख छ ।

आयोगले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप मुद्दा दायर गर्दै रु एक लाख बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेको छ । रासस