२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

रुकुमपश्चिम। त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज दिउँसो त्रिवेणी गाउँपालिका–३ र ६ मा पर्ने झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लुप्र०१—००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका–५ का २८ वर्षीय बुद्धिमान खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो । रासस