२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै भवनबाट वडा कार्यालयको सेवा प्रारम्भ



अ+ अ-

सिरहा। लामो समयसम्म भाडाको घरबाट सेवा दिँदै आएका लहान नगरपालिका वडा नं. २ र ३ ले आजदेखि औपचारिक रूपमा आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेका छन् । नगरप्रमुख महेशप्रसाद चौधरीले दुवै वडाका नवनिर्मित कार्यालयको एकैसाथ आज उद्घाटन गर्नुभयो ।

हालसम्म यी वडा कार्यालय लहानको मुख्य चोकस्थित ‘मटिहर्वा कम्लेक्स’ मा वडा नं. १, २ र ३ को संयुक्त सेवा केन्द्रबाट सञ्चालन हुँदै आएका थिए । नगरप्रमुख चौधरीका अनुसार आव २०८१÷८२ मा छुट्याइएको रु ४२÷४२ लाखको बजेटमा दुवै भवन निर्माण सम्पन्न गरिएको हो ।

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले यहाँका २४ वडामध्ये अधिकांश वडा कार्यालयको आफ्नै भवनबाट सेवा सुरु हुनु लहान नगरको समग्र विकासको सङ्केत भएको बताउनुभयो ।

“वडाको सेवा भाडाका घरबाट सञ्चालन गर्नुपर्ने बाध्यता क्रमशः हट्दै छ । अब आफ्नै कार्यालय भवनबाट सहज र प्रभावकारी रुपमा सेवा प्रवाह हुन्छ”, उहाँले भन्नुभयो, “वडासम्म जाने सडकको यसपालि नाला बन्छ, अर्को वर्ष सडक कालोपत्रे हुन्छ । त्यसका लागि आवश्यक बजेट नगरले पहिले नै विनियोजन गरिसकेको छ ।”

उहाँले आगामी दिनमा अन्य पाँच वटा वडा कार्यालय आफ्नै भवनबाट सेवा सुरु गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । वडा नं. ३ का अध्यक्ष रामदयाल महतोले भवन उद्घाटन कार्यक्रममा भन्नुभयो, “पहिला कामका लागि वडा नं. १ को कार्यालयमै जानुपथ्र्यो, जुन दुरीका हिसाबले टाढा थियो ।”

वडा नं. २ का अध्यक्ष सीयाराम यादवले आफ्नो वडामा अबदेखि सहज र व्यवस्थित सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै नगरपालिकाको सक्रियताप्रति आभार व्यक्त गर्नुभयो । रासस