१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली हात्तीले धानबालीमा क्षति पुर्‍यायो



अ+ अ-

कञ्चनपुर। बेदकोट नगरपालिका–१० चथरीमा जङ्गली हात्तीको बथानले आज स्थानीय आठ किसानको दुई बिघा खेतमा लगाइएको धानवालीमा क्षति पुर्याएको छ ।

वडाध्यक्ष रतन विष्टका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले धानबालीमा क्षति पुर्याएका हुन् । स्थानीय रमिला रानाको १० कठ्ठा, मिना रानाको १० कठ्ठा, सीतादेवी कठायतको पाँच कठ्ठा, पुरन चुनारा, रूपया चुनारा, सुर आग्रिर राम चुनाराको गरी १० कठ्ठा जग्गाको धानबालीमा नोक्सानी पु¥याएको उहाँको भनाइ छ ।

यसबारे प्रहरीलाइ जानकारी गराइ सकिएको वडाध्यक्ष विष्टले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार अस्थायी प्रहरी पोष्ट दैजीबाट तीन जनाको प्रहरीको टोलीलाई हात्ती प्रभावित क्षेत्रमा पठाइएको छ । रासस