२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध छः उपाध्यक्ष भुसाल



अ+ अ-

ललितपुर। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पार्टीद्वारा आज आयोजित जिल्ला भेला एवं तीज विशेष कार्यक्रममा उहाँले जनयुद्धदेखि हालसम्मको अवस्थालाई संश्लेषण गरेर समाजवादी आन्दोलनको खाका तयार गर्न  माओवादी नेतृत्व लागेको बताउनुभयो ।

“सुदृढ र एकीकृत पार्टी निर्माण गरेर समाजवादको बाटो निर्माणका लागि हाम्रो पार्टी लागिपरेको छ”, उपाध्यक्ष भुसालले भन्नुभयो, “पार्टीको आगामी बैठक र महाधिवेशनले समाजवादी क्रान्तिको विस्तृत कार्यदिशा तयार गरेर अगाडि बढ्छ । उहाँले केन्द्रदेखि तल्लोतहसम्म पार्टी कार्यकर्ताले निर्णयलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“बिमति र फरक विचारहरू पार्टीमा राख्न पाइन्छ, आफ्ना समितिमा राख्ने छुट छ, तर छरपस्ट रुपमा सार्वजनिक गर्न पाइँदैन, सबै सदस्य एवं नेतृत्वले पार्टीको निर्णयलाई पालना गर्नुपर्छ,” उहाँले भन्नुभयो, “पार्टीले गुट र उपगुट सबै खारेज भएको छ ।”

कार्यक्रममा पार्टीका महिला नेतृत्व एवं कार्यकर्ताहरूको उपस्थिति थियो । रासस