३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

३१औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले आदिवासी जनजातिलाई धेरै अधिकार दिएकाले यसको संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले आदिवासी जनजाति समुदायको हकअधिकारका बारे कांग्रेसको घोषणापत्रमा भएको कुरा सरकारमा हुँदा कांग्रेसले कार्यान्वयनमा लगेको समेत बताउनुभयो ।

उहाँले मुलुकको नीति निर्माण गर्ने थलोमा आदिवासी जनजातिको उल्लेखनीय उपस्थिति रहेको भन्दै यसलाई सही ठाउँमा प्रयोग गर्नुपर्ने बताउनुभयो । प्राप्त अधिकारको महत्व बुझेर संस्कार, संस्कृति र परम्परालाई नबिर्सिकन समयले मागअनुसार अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखकले आदिवासी जनजातिको हकअधिकारको सुनिश्चित र समग्र विकासका लागि आदिवासी दिवसले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान संविधानले देशमा रहेका सबै जातजाति, भाषा, धर्म, लिङ्गलाई समेटेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिनले नेपालमा भएका क्रान्ति र लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धन सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नेपालमा प्रजातन्त्र स्थापना गर्न आदिवासी जनजाति समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुुभयो । संविधान रक्षाका लागि आदिवासी जनजातिहरु जुट्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

महाङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगरले संविधान संशोधनमार्फत आदिवासी जनजातिको हकलाई अझै फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

उहाँले आदिवासी जनजाति महासङ्घले कांग्रेसमा पाँच लाख सदस्य थप्न आवश्यक रहेको उल्लेख गर्नुभयो । कांग्रेसले आदिवासी जनजातिसम्बन्धी दिएको अधिकारको रक्षा गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । रासस