६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह

संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह
अ+ अ-

काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

३१औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले आदिवासी जनजातिलाई धेरै अधिकार दिएकाले यसको संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले आदिवासी जनजाति समुदायको हकअधिकारका बारे कांग्रेसको घोषणापत्रमा भएको कुरा सरकारमा हुँदा कांग्रेसले कार्यान्वयनमा लगेको समेत बताउनुभयो ।

उहाँले मुलुकको नीति निर्माण गर्ने थलोमा आदिवासी जनजातिको उल्लेखनीय उपस्थिति रहेको भन्दै यसलाई सही ठाउँमा प्रयोग गर्नुपर्ने बताउनुभयो । प्राप्त अधिकारको महत्व बुझेर संस्कार, संस्कृति र परम्परालाई नबिर्सिकन समयले मागअनुसार अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखकले आदिवासी जनजातिको हकअधिकारको सुनिश्चित र समग्र विकासका लागि आदिवासी दिवसले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान संविधानले देशमा रहेका सबै जातजाति, भाषा, धर्म, लिङ्गलाई समेटेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिनले नेपालमा भएका क्रान्ति र लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धन सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नेपालमा प्रजातन्त्र स्थापना गर्न आदिवासी जनजाति समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुुभयो । संविधान रक्षाका लागि आदिवासी जनजातिहरु जुट्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

महाङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगरले संविधान संशोधनमार्फत आदिवासी जनजातिको हकलाई अझै फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

उहाँले आदिवासी जनजाति महासङ्घले कांग्रेसमा पाँच लाख सदस्य थप्न आवश्यक रहेको उल्लेख गर्नुभयो । कांग्रेसले आदिवासी जनजातिसम्बन्धी दिएको अधिकारको रक्षा गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । रासस