६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

उत्तराखण्ड पहिरोमा परी बर्दिया मधुवनका पाँच नेपाली मजदुरको अवस्था अझै अज्ञात

उत्तराखण्ड पहिरोमा परी बर्दिया मधुवनका पाँच नेपाली मजदुरको अवस्था अझै अज्ञात
अ+ अ-

कञ्चनपुर। भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लास्थित धरालीमा गएको भीषण बाढीमा परेर पाँच जना नेपाली मजदुर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बर्दियाको मधुवन नगरपालिका–५ का नरेन्द्र खड्का उहाँका श्रीमती सन्ध्या खड्का, १८ महिनाका छोरा रोमन र सोही ठाउँका अमृता परियार र सुवास विक बेपत्ता भएको घटनास्थलमा रहेका बर्दिया मधुवन नगरपालिका–५ का चित्र पौडेलले जानकारी दिनुभयो ।

“सडक निमार्णमा मजदुरी गरेर उहाँहरू टेन्टमा त्यहाँ बस्दै आउनुभएको थियो”, पौडेलले भन्नुभयो, “बुधबार बिहान करिब ९ः०० बजेतिर आएको बाढीले बगाएपछि पाँच जना बेपत्ता भएका हुन् ।”

पौडेल पनि सोही स्थानमा सडक निर्माणमा काम गर्ने मजदुर हुन् । उक्त स्थानमा नेपालका विभिन्न जिल्लाका ४० जना मजदुर ठेकेदारको निर्माण कम्पनीमा सडक निर्माणको काम गर्दै आएका थिए । बुधबार बिहान बेपत्ता भएका उहाँहरूको अवस्था अज्ञात छ ।

बर्दियाको मधुवन नगरपालिका–५ का वडाध्यक्ष दिलीप गुरुङले पहिरोमा परेर पाँच जना बेपत्ता, पाँच जना घाइते भएको खबर प्राप्त गरेको जानकारी दिनुभयो । “मजदुरीका लागि भारत गएका पाँच जना बेपत्ता भएका छन्”, उहाँले भन्नुभयो, “घाइते पाँच जनामध्ये तीन जना उपचारपछि काममा फर्किसकेका छन्, दुई जनाको उपचार भइरहेको छ ।”

पहिरोमा परी बेपत्ता भएकाहरूको अहिले खोजीकार्य भइरहेको छ । त्यहाँ रहेका अन्य नेपाली मजदुरले १०–१५ किलोमटरसम्म खोजी गरे पनि फेला नपरेको पौडेलले जानकारी दिनुभयो ।

भारतस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति जारी गर्दै बेपत्ता नेपालीहरूको अवस्था अझै अज्ञात रहेको जनाएको छ । दूतावासका अनुसार उत्तराखण्ड प्रहरीले राजदूतावासलाई गराएको जानकारीअनुसार तीन सय ७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव निकालिएको छ । उक्त सूचीमा नेपाली नरहेको दूतावासले जनाएको छ ।

“उत्तराखण्ड प्रदेश पौडी गौडाल जिल्लाको बागोडामा गएको बाढीपहिरोपश्चात पाँच जना नेपाली हराइरहेका छन्”, भारतस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चार जना घाइतेमध्ये तीन जना घर फर्केको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको दूतावासले उल्लेख गरेपनि वडा अध्यक्ष गुरुङले भने पाँच जना घाइते भएको बताउनुभएको छ ।

उक्त बाढीपहिरोमा परी हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचारलगायत अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । रासस