६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

तीन दिनमा ३३ जनाले जिते कोरोना

तीन दिनमा ३३ जनाले जिते कोरोना
अ+ अ-

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।  तीन दिनमा ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आजमात्र  नेपालगञ्जका २१ जना बिरामी एकैपटक सङ्क्रमणबाट  निको भई घर फर्किएका छन् ।  एकैपटक स्वस्थ भई फर्कनेमध्येको ठूलो हो ।   बुधबार कोशी अस्पतालमा आठ र बिहीबार चारजना काठमाडौँबाट कोरोनालाई पराजित गर्दै घर फर्किएका थिए ।  अहिलेसम्म ७० जना बिरामी पूर्णरुपमा निको भई घर फर्किसकेको सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितको अस्पताल बसाइ औषत २० दिन ८ घण्टा  रहेको छ ।  

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारपश्चात् घर फर्किएका मध्ये नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना रहेका छन् । 

बिहीबार काठमाडौँकी ३३ वर्षीया महिला, पर्साका ३७ वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीया पुरुष टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट नौ दिनमा घर फर्किएका थिए । 

बुधबार कोशी अस्पतालमा उपचार गराइरहेका उदयपुरका आठजना घर फर्किएका थिए । चीनको वुहानबाट आएका पहिलो सङ्क्रमित २२ दिन अस्पतालमा उपचार गराएर सञ्चो भएका थिए । गत माघ ९ गते  सङ्क्रमण देखिएका उनी गत फागुन ३ गते घर फर्किएका थिए । 

यसैगरी दोस्रो सङ्क्रमित काठमाडौँकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपश्चात् घर फर्किएकी हुन्  । गत चैत १० गते सङ्क्रमण देखिएकी उनीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा  रोग अस्पतालमा उपचार भएको थियो ।  अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सङ्क्रमितमा दुई किसिमले पूर्णरुपमा स्वस्थ अवस्थामा घर फर्किने बताउनुभयो । 

उहाँका अनुसार पहिलो ४८ घण्टामा दुईपटक कोभिड–१९ नेगेटिभ रिपोर्ट आएपछि र अर्को क्लिनिकल्लीरुपमा सङ्क्रमितमा कुनै समस्या नभएपछि मात्र घर फर्किइने छ । 

“सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर सङ्क्रमितलाई आइसोलेशनमा राखिन्छ”, उहाँले भन्नुभयो,  “कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमित पूर्णरुपमा स्वस्थ भएको हुन्छ ।”

उहाँका अनुसार खोकी, स्वासप्रस्वासमा समस्या नआउने, ज्वरो, थकाई नलाग्ने, पेट नदुख्नेजस्ता समस्या पूर्णरुपमा निको भएपछि सङ्क्रमितको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि मात्र घर फर्किइने छ । 

घर फर्किएपछि पनि सङ्क्रमितमा फेरि पनि सङ्क्रमण बल्झिने खतरा भएकाले घरमा एक्लै बस्नुपर्ने हुन्छ । उहाँले पूर्णरुपमा निको भई घर फर्किएपछि १४ दिनमा पुनः कोभिड–१९ परीक्षण गरिने बताउनुभयो । 

“अहिलेसम्म हामीले बिरामीको लक्ष्यणका आधारमा औषधि चलाएका छौँ । गम्भीर औषधि चलाउनुपरेको छैन”, उहाँले भन्नुभयो, “ज्वरो, रुघाखोकी, पेट दुख्ने सामान्य प्रकारको औषधिबाट सङ्क्रमित निको भएका छन् ।” हालसम्म ४८७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।