२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन लक्षित माओवादी सर्कुलर: आत्मालोचना गर्न मान्नुभएन, निराधार आरोप लगाउनुभयो, गुटगत गतिविधि नगर्न निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दिजन्य गतिबिधिहरू सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित गरिरहेको भन्दै तल्ला कमिटीहरुलाई सर्कुलर पठाएको छ ।

सर्कुलरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निराधार आरोप लगाउनुका साथै जनार्दनले आत्मआलोचना गर्नुभन्दा पनि नमानेको उल्लेख छ ।

सर्कुलरमा उल्लेख छ ‘अध्यक्ष कमरेडले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरुको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो ,तर कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको बिषय बाहेक अन्य बिषयहरूमा ठोस रुपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो । अत: स्थायी समिति बैठकले पार्टी नेतृत्वकाविरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ । स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटिमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्न पनि जोड दिएको छ ।’