६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपालको एक तिहाई जनसंख्या अझै पूर्वसूचनाबाहिरः ‘सबैका लागि पूर्वसूचना’को मार्गचित्र बनाउँदै सरकार

नेपालको एक तिहाई जनसंख्या अझै पूर्वसूचनाबाहिरः ‘सबैका लागि पूर्वसूचना’को मार्गचित्र बनाउँदै सरकार
अ+ अ-

सरकारले विपद्जन्य पूर्वसूचनाको प्रभावकारिता र पहुँच विस्तारका लागि मार्गचित्र तयार पारिरहेको छ ।

गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ‘सबैका लागि पूर्वसूचना’ मार्गचित्र बनाउने कामलाई तिब्रता दिएको हो ।

नेपालमा अहिले पनि एक तिहाई जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचनाबाहिर रहेको छ । सन् २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गर्न सरकारले पूर्वसूचनाको मार्गचित्र बनाउन लागेको हो । प्राधिकरणले सबैका लागि पूर्वसूचनाको मार्गचित्रमा जोखिमको आँकलन, रियल टाईम फोरकास्ट, लक्षित समुदायमा सूचना संप्रेषण र घटना पछिको प्रतिकार्यका सम्बन्धमा सरोकारवालाहरुसँग राय लिइरहेको छ ।

काभ्रेको नगरकोटमा जारी ‘सबैका लागि सूचना’ राष्ट्रिय कार्यशाला गोष्ठीमा सरोकारवालाहरुले सबैका पूर्वसूचना कार्यान्वयनमा देखिएका चुनौति र रिक्त रहेको अवस्थाको विश्लेषण गरी ती विषय सम्बोधनका लािग आवश्यक योजना, बजेट र सम्भावित दातृ निकायको सहयोग लिन सुझाएका छन् । सबैका लागि पूर्वसूचनाको लिड संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का पिल्लर २ का सम्पर्क व्यक्ति दीपक केसीले कार्यशालाले सन् २०३० सम्म  सबैका लागि पूर्वसूचनाको पहुँच पु¥याउने कार्यका लागि देखिएका प्राथमिकता सहितको क्रियाकलाप र वित्तीय अवस्था सहितको मार्गचित्र बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले सरकारले विस्तार गर्न लागेको पूर्वसूचना प्रणालीको लागि सरोकारवाला सबैले आवश्यक सहयोग गर्न जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो ‘सबैको पहुँचमा पूर्वसूचना पु¥याउनको लागि काम अघि बढाएको छ । नेपाल सरकारले अघि बढाएको मार्गदर्शनका आधारमा कहाँ, कहिले र कसले के मा लगानी गनुपर्छ ? जसले गर्दा २०२७ र २०३० सम्ममा २०३० सम्ममा सबैका लागि पूर्वसूचनाको पहुँच पुर्याउन सकियोस् । त्यसको लागि कहाँ, के के कुराहरुमा समस्या छ सो पत्ता लगाई ती ग्यापहरुलाई प्राथमिकिकरण गर्ने, प्राथमिकतामा परेका ग्यापलाई क्रियाकलापमा राखेर आगामी वर्षहरुमा कार्यान्वय गरी सबै नागरिकसम्म पूर्वसूचना पु¥याउनको लागि महत्वपूर्ण कदमको रुपमा यो कार्यशालाले बाटो तय गर्नेछ । खासगरी सबैका लागि पूर्वसूचनामा भएका चार वटै स्तम्भहरु, चाहे त्यो जोखिमको ज्ञान होस्, त्यसमा विभिन्न किसिमका स्टेशनहरु हाईड्रोलोजिकल, मेट्रोलोजिकल लगायत अन्य स्टेशनहरुबाट तथ्यांक संकलन गर्ने होस्, त्यो तथ्यांकलाई विश्लेषण गरिसकेपछि त्यसलाई सञ्चारको रुपमा प्रयोग गर्ने र समुदायमा पु¥याउने पु¥याउने काम र सञ्चार पुगिसकेपनि त्यसको रेस्पोन्स कसरी गर्ने भन्ने कार्यलाई एकै ठाउँमा राखेर सबैका लागि पूर्वसूचना पु¥याउनको लागि यो रोडम्यापले बाटो तय गर्नेछ । यसको नेतृत्व नेपाल सरकारको एनडिआरआरएमए, जल तथा मौसम विज्ञान विभाग, सूचना तथा सञ्चार मन्त्रालय , गृह मन्त्रालयले गरिरहेका छन् । हामी विकास साझेदार संस्थाहरु युएनडिपी, डब्लुएफपि, आईएफआरसि, बिबिसी मिडिया एक्शन आदिले सहयोग गरिरहेका छौँ । ग्लोवल लिडको रुपमा युएनडिआरआर, डब्लुएमओ, आईएफआरसि आईटिइले यसलाई अगाडि बढाइरहेको छ ।’

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव एवं ‘सबैका लागि पूर्व सूचना’ मार्गचित्रका राष्ट्रिय संंयोजक अर्जुनकुमार बमले विपद्जन्य घटनाकोबाट हुने जनधनको क्षति कम गर्न मार्गचित्र कोशेढुंगाा सावित हुने बताउनु भयो । उहाँले सन् २०२५ देखि २०३० सम्ममका लागि सबैका लागि पूर्वसूचनाको मार्गचित्र बनाउन लागिएको हो । उक्त मार्गचित्रले वहुप्रकोपिय विपद्को जोखिमको आँकलन गर्ने भएको हुनाले बस्ती व्यवस्थापन र जोखिम आँकलन पछिको पूर्वतयारीमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘विगतमा कति वर्षा भयो, अनि कति पानी आयो भनेर त्यसको जानकारी उसले टेलिफोनबाट सम्बन्धित अड्डामा दिन्थ्यो, त्यो जानकारी दिँदासम्म बस्तीहरु डुबानमा परिसकेका हुन्थे । अहिले हामी रियल टाइम प्रविधि प्रयोग गरेर तीन दिनभित्र वा सात दीन भित्रमा कति पानी पर्दैछ  भन्ने कुराको अनुमान गर्नसक्ने अवस्थामा पुगेका छौं । विपद्जन्य घटनाको न्यूनिकरणका लागि अर्ली वार्निङ फर अलको अवधारणा शुरुवात भएको हो । सन् २०२२ संयुक्त राष्ट्र संघका महासचिवले सन् २०२७ सम्म सबै जनतालाई मध्यनजर गरेर जोखिममा परेकालाई पूर्वसूचना यसको शुरुवात गरेको हो ।

उक्त प्रणालीले धनजनको क्षतिको न्युनिकरण गर्छ र उत्थानशिल समाज निर्माणमा सहयोग गर्छ र बहुप्रकोपिय विपद्को जोखिमको आँकलन गर्ने भएको हुनाले बस्ती व्यवस्थापन र जोखिम आँकलन पछिको पूर्वतयारीमा सहयोग पु¥याउँछ । जोखिम भएका स्थानमा पूर्वसूचनाका लागि बजेट छुट्याउने, योजना बनाउने लगायत विभिन्न काम गर्नका लागि सहज भई सम्बन्धित निकायबाट हस्तक्षेपकारी कार्य भई क्षति न्युनिकरण गर्न सकिन्छ भन्ने अभिप्रायमा नेपालमा पनि हामी अर्ली वार्निङ फर अलमा काम गर्दैछौँ । यसका ४ वटा पिल्लर छन् । जोखिमको आंकलन, रियल टाईम फोरकास्ट, लक्षित समुदायमा सूचना संप्रेषण र घटना पछिको तयारी र प्रतिकार्य लगायत काममा विभिन्न दातृ निकायको सहयोग रहेको छ । समग्रमा यसको उदेश्य विपद्जन्य घटनाबाट हुने जनधनको क्षति कम गरी भौतिक संरचना क्षति कम गरी, उत्थानशिलता वृद्धि गरि दिगो विकास हासिल गर्न यो अर्ली वार्निङ फर अल महत्वपुर्ण छ । यसकै लागि हामीले २०२५ देखि ३० सम्मका लागि सबैका लागि पूर्वसूचनाका लागि राष्ट्रिय मार्गचित्र बनाउन लागेका हौँ । ’

प्राधिकरणले सबैको लागि पूर्वसूचना लागु गर्न देखिएका चुनौति र समस्याबारे स्थनीय तहहरुसँग छलफल गरी राय तथा सुझाव समेत संकलन गरिसकेको छ । स्थानीय तह र सरोकारवालाहरुको सुझावका आधारमा प्राधिकरणले गोष्ठी गरेको हो । पूर्वसूचना प्रणालीले  जोखिम क्षेत्रको तथ्यांक संकलन, जोखिमको जानकारी, जोखिम अनुगमन र पूर्वचेतावनी प्रणालीको विकास गर्ने लगायतको पूर्वसूचना प्रवाह गर्नेछ । संयुक्त राष्ट्र संघका महासचिवले एन्टोनिया गुटरेसले सन् २०२२ नोभेम्बरमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २७औं सम्मेलनमा पाँच वर्षभित्र ‘सबैका लागि पूर्वसूचना प्रणाली’ स्थापना गर्ने औपचारिक घोषणा  गर्नुभएको थियो । विपद् जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली प्रभावकारी र मितव्यवी हुने भएतापनि संयुक्त राष्ट्रसंघका अनुसार विश्वका एक तिहाई जनसंख्या, खासगरी नेपालजस्ता अल्पविकसित देशहरूका नागरिकहरू पूर्वसूचना प्रणालीबाट बञ्चित छन् । यसलाई मध्यनजर गर्दै हाल ‘सबैलाई पूर्वसूचना’ अवधारणालाई कार्यान्वयन गर्न नेपाल लगायत ३० वटा देशहरूले पूर्वसूचनासम्बन्धी राष्ट्रिय मार्गचित्र बनाइरहेका छन् ।

मनसुनजन्य जोखिम, बाढी, पहिरो, खडेरीजस्ता घटनाहरूको पूर्वसूचना समयमै प्राप्त भएमा जनधनको क्षति न्युन हुने भएकाले सो पहुँचलाई आधारभुत अधिकारसरह स्थापित गर्नुपर्ने आवश्यकताका आधारमा सरकराले सक्रियताका साथ काम गरिरहेको छ ।