काठमाडाैंः नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाइ भूमि व्यवस्था मन्त्री पदमा अर्यालले नेपालकाे नयाँ राजनीतिक नक्साकाे प्रतिलिपि शुक्रबार हस्तान्तरण गर्नुभएकाे छ ।
देउवा निवास बुढानिलकण्ठमा उक्त नक्सा हस्तान्तरण गर्दै मन्त्री अर्यालले कुटनीतिक वार्ताको माध्यमबाट सीमा समस्याको दीर्घकालीन समाधानका लागि हामी एक ढिक्का छौं भन्नुभएकाे छ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएकाे नयाँ नक्सा बुधबार सार्वजनिक गरेकाे थियाे । यी क्षेत्रमा वर्षाैंदेखि भारत सरकारले कब्जा जमाएकाे छ ।