२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तराखण्डमा हालसम्म कोही पनि नेपाली मृत फेला परेका छैनन्: नेपाली दूतावास



Indo-Tibetan Border Police personnel asses the damage and rescue operation after a flash flood that swept away many houses and buildings in Dharali, a Himalayan mountain village in the Uttarkashi district of Uttarakhand state, India, Wednesday, Aug. 6, 2025. (Indo Tibetan Border Police via AP)
अ+ अ-

काठमाडौँ । भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरण अनुसार साउन २० गते आएको पहिरोमा पहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने घटनास्थलबाट २ जनाको शव बरामद भएको नेपाली दूतावासले जनाएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचार र आवश्यक सहयोगका लागि नेपाली दूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको नेपाली दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।