२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोमले सिद्धार्थ हस्पिटालिटीसँग साझेदारी गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने



अ+ अ-

डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ।

यस साझेदारी अन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २०% छुट तथा फुड एण्ड बेभरेजमा १०% छुट पाउनेछन्।

डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटहरू

  • आवासमा २०% छुट
  • फुड एण्ड बेभरेजमा १०% छुट

 

“सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो, र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं,” डिशहोमका सीईओ  तारा मानन्धरले बताउनुभयो।

डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि माइ डिशहोम एप मा उपलब्ध छ। ग्राहकहरूले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्नेछन्।