९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

हाम्रो फरक मत पार्टी विभाजनको लागि होइनः राप्रपा महामन्त्री जबरा

हाम्रो फरक मत पार्टी विभाजनको लागि होइनः राप्रपा महामन्त्री जबरा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले पार्टीभित्र आफूरुकोे फरक मत पार्टी विभाजनको लागि नभएको बताउनुभएको छ ।

उहाँले पार्टी विभाजन गर्ने मनस्थितिले नभई पार्टीको विधान विपरित भएको कार्यलाई सच्याउन आफूहरु लागिपरेको बताउनु भयो । उहाँले यसलाई पार्टी विभाजनको रुपमा नहेर्न पनि आग्रह गर्नुभयो । पार्टी विभाजन गर्ने आफूहरुको कुनै सोच नभएको उहाँले बताउनु भयो । जीवन्त पार्टीभित्र केही मतभेद हुने भन्दै उहाँले त्यहीअनुसार केही मतभेदहरु देखिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले मतभेदहरुलाई आन्तरिक रुपमा बसेर सल्ट्याउन नसक्दा आफूहरु निर्वाचन आयोगको ढोकामा पुुगेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हामी विभाजनको संघारमा छैनौँ । पार्टीभित्र केही मतभेदहरु छन् । एउटा जीवन्त पार्टीभित्र मतभेदहरु हुन्छन् । त्यसलाई बसेर सल्ट्याउन पनि सकिन्छ । र बसेर सल्ट्याउन नसकेपछि निर्वाचन आयोगमा गएको हो । पार्टीलाई विभाजन गर्ने हाम्रो कुनैपनि विचार छैन । एकलौटी रुपले पार्टी चल्नुभएन, निर्णय हुनुभएन भन्ने हाम्रो धारणा हो । यो विभाजन भएको होेइन, विभानको विपरित जुन कार्यहरु भए, विद्यानको उल्लङ्घन भएकोलाई हामीले सच्याउन हो । यसमा कुनै प्रकारको पाटीमा विभाजन गर्ने मनस्थिितीले यो भएको होईन । हामी विभाजनतिर पार्टीलाई लग्ने कुनै पनि हाम्रो सोच छैन ।’  

महामन्त्री जबराले पार्टी नेतृत्वले पार्टीको विधान विपरित गरेका कारबाही, पदमुक्तिहरुलाई पुनःबहाली गर्ने दाबी गर्नुभयो । पार्टीको विधान विपरित सामान्य स्पष्टीकरण समेतको मौका नदिईकन पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केही नेताहरुलाई कारबाही गर्नुभएको उहाँको भनाई छ । एकलौटी ढंगबाट गरिएको कारबाहीको विरुद्धमा आफूहरु निर्वाचन आयोग गएको उहाँले बताउनु भयो । आयोगले पार्टीलार्ई कारबाहीका निर्णयका सम्बन्धमा सोधेको र पार्टीले पनि आयोगलाई जवाफ पठाइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले आयोगले के निर्णय गर्छ भन्ने पर्खाइमा आफूहरु रहेको बताउन भयो ।

पार्टी अध्यक्ष लिङलेनले पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, पार्टी प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट बर्खास्त गर्नुभएको थियो । महामन्त्री जबरासमेछ संगठन विभाग प्रमुखबाट हटाइनु भएको थियो । उक्त कारबाही तथा पदमुक्ति पार्टीको विधान विपरित भएको भन्दै उनीहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् । विधानमा कारबाही गर्ने, पदमुक्त गर्ने विषय स्पष्ट रुपमा नै भएपनि त्यसलाई मिचेर, उल्लङ्घन गरेर कारबाही तथा पदमुक्तिहरु भएको महामन्त्री राणाको आरोप छ ।

उहाँले भन्नुभयो, ‘केही साथीहरु कारबाहीमा परेका छन् । त्यसको विरोधमा यो विधानविपरित भयो उचित कारबाही भएन । साथीहरुलाई सामान्य स्पष्टीरकण पनि नमागेर केही कारबाहीहरु र पदमुक्त भएका छन् । त्यसको विरुद्धमा हामी निर्वाचन आयोगमा गएका छौँ । निर्वाचन आयोगले पनि पार्टीलाई सोधेको पठाएको छ र पार्टीले पनि केही जवाफ दिएको छ । निर्वाचन आयोगले के कारबाही गर्छ भन्ने पर्खाईमा छौँ । निर्वाचन आयोगले किन विद्यान विपरित गर्नुभयो यस्तो निवेदनहरु परेको छ । यो विषयमा तपाईहरुलाई के भन्नुछ भनेपछि पार्र्टीले केही जवाफ दिएको छ । जहाँसम्म मैले थाहा पाएको छु । अब निर्वाचन आयोग त्यसमाथी जवाफमाथी के कारबाही गर्छ, गर्दैन भन्ने पखाईमा छौँ । विद्यानमा कारबाही गर्ने पदमुक्त गर्ने कुराहरु विषय प्रष्ट नैै छ तर त्यसलाई सबै मिचेर, विधानलाई उल्लङ्घन गरेर भएको कारबाहीहरु र पदमुक्तिहरुलाई निर्वाचन आयोगले पुनःबहाली गर्र्छ भन्ने मैले ठानेको छु । अ ब त्यो निर्वाचन आयोग माथी निर्भर छ ।’
महामन्त्री जबराले पार्टीमा शुरुवातबाटै स–साना कुराहरुमा पनि कारबाही हुँदै आएको बताउनु भयो । यसलाई पार्टीभित्रै समाधान गर्ने प्रयास गरेपनि पछिल्लो समय नसकिएको उहाँको भनाई छ । उहाँले उपचारको क्रममा आफू मुम्बर्ई गएको बेला थाहा नै नदिई पदमुक्त गरिदिएको बताउनु भयो । त्यस्तो संवेदनशील अवस्था आफूलाई पदमुक्त गरिएको उहाँको गुुनासो छ ।

उहाँले भन्नुभयो, ‘शुरुबाटै स–साना कुराहरुमा कारबाहीहरु हुँदै आएको छ । हामी पार्टीभित्रै यसलार्ई समाधान गर्ने प्रयास गरिरहेका थियौँ । तर यता विगतको दिनमा म पनि उपचारको क्रममा मुम्बई जाने क्रममा मेरो पनि पद हटाइयो । कुनै जानकारी पनि मलाई नदिएर, त्यस्तोे संवेदनशील बेलामा । अनि केही साथीहरुलाई कारबाही हुँदै आएको थियो । अन्तिममा यो स्थितिमा सुगनसुन्दर लावती, मुकुन्दश्याम गिरि र नवराज सुवेदी यी तीन जनालाई जिम्मेवारीबाट हटाईयो । कसैैलाई पदमुक्त पनि गरियो । यसक्रममा अब अति भयो, पार्टी भित्र मिल्न नसकिने स्थिति भएपछि हामी निर्वाचन आयोगको ढोकामा गएका हौँ ।’ 

उहाँले आफूहरुमाथी भएको कारबाही कतिपयले चैत १५ गते तीनकुनेमा भएको घटनालाई जोडेर लिने गरेको भएपनि त्यसमा कुनै सत्यता नभएको बताउनु भयो । नजिकिँदै गरेको महाधिवेशन, पार्टी नेतृत्वको एकल निर्णयको विरोध गरेको लगायतका कारण आफुहरु कारबाहीमा परेको उहाँको भनाई छ ।  उहाँले भन्नुभयो, ‘गत चैत १५ गतेको तीनकुने घटनाले पार्टीमा कारबाही गर्नुपर्छ भन्ने कुनै सत्यता छैन । अब पछिल्लो घटनाक्रम त अब महाधिबेशन आउन लागेको होला । अब त्यो एकल निर्णयलाई हामीले विरोध गरेका छौँ । अब सबै त्यो चित्त नबुझेर कारबाही भएको हो । तर आन्दोलनको कुरा लिएर यो कारबाहीहरु भएको होईन ।’

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने पार्टी भएकोले यहाँ भएका निर्णयहरु सामुहिक हुनुपर्ने बताउनु भयो । पार्टीमा फरक मत राख्नेहरुको पनि सुनुवाई हुनुपर्ने उहाँको भनाई छ । सबै विषयमा सर्वसम्बत गर्ने प्रयास गनुपर्ने र सर्वसम्बत हुन नसकेनका विषयमा नोट अफ डिसेन्ट लेख्न पाउनुपर्ने उहाँले बताउनु भयो । साथै ठूला निर्णयहरु गर्नुभन्दा पहिला सबैसँग सरसल्लाह गर्नुपर्ने उहाँको भनाई छ । एकलौटी ढंगले निर्र्णयहरु गर्दा पार्टीमा मतभिन्नता हुने र यसले पार्टीमा समस्या ल्याउने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने पार्टी हो । यहाँ भएका निर्णयहरु सामुहिक निर्णय हुनुपर्छ, छलपफल हुनुुपर्छ । यसमा फरक मत राख्नेहरुलाई पनि सुनुवाई हुनुपर्छ । हरेक कुरामा मत मतान्तर नहोला, सर्वसहमतिबाट गराउन सक्ने प्रयास गर्नुपर्र्छ । तर सर्वसम्मत हुन सकेन भने मत मतान्तर गरेर नोट अफ डिसेन्ट लेख्न पाउनुपर्छ । केही ठूला निर्णय गर्नुभन्दा पहिले साथीहरुको माझमा लैजानुपर्छ । कसैको पदमुक्त गर्दाखेरी, जिम्मेवारी हेरफेर गर्र्नेभन्द पहिले सरसल्लाह भएर अगाडी बढ्दा खेरी हामीलाई कुनै आपत्ति छैन । तर सरसल्लाह नभएर एकलौटी ढंगले निर्र्णयहरु हुँदाखेरी पार्टीमा मतभिन्नता हुन्छ । यसले पार्टीमा समस्या ल्याउछ । यो कुराहरुलाई यसरी नजाँउ भनेर धेरै प्रयास हामीले गयौँ । तर झनझन एकल निर्णयहरु अगाडी आईसकेपछि हामी बाध्य भएर निर्वाचन आयोगको ढोका ढकढक्याउन जानुपरेको हो ।’ 

महामन्त्री राणाले नवराज सुवेदीले पार्र्टीबाट राजिनामा नदिएको पनि बताउनु भयो । कुनै एक परीप्रेक्ष्यमा पार्टी छाडे भन्नुपर्ने स्थिति आएपछि सुवेदीले पार्टी छाडे भनेपनि राजिनामा नदिएको महामन्त्री राणाको भनाई छ । राजिनामा दिने लिखित हुने भन्दै उहाँले सुवेदीको लिखित राजिनामा नआएको बताउनु भयो । डा प्रकाशचन्द्र लोहनीको घरमा अध्यक्ष लिङदेन र सुवेदीबीच एक प्रकारको सम्झौता भएको पनि उहाँले स्मरण गर्नुभयो । एउटा वरिष्ठ नेतालार्ई पार्टीबाट, पदबाट त्यसरी हटाउनू उचित नहुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नवराज सुवेदीले कुनै परीपेक्ष्यमा मैले पार्टी छाडे भन्नुपर्ने स्थिति थियो । सबैको चित्त बुझाउनको लागी तर राजिनामा दिने लिखित हुन्छ । उहाँहरुको सहमति भइसकेको थियो नवराजजीले नछोड्ने भनेर त्यसमा अध्यक्षज्यु आँफै पनि हुनुहन्थ्यो, त्यो सहमतिमा । डा लोहनीको घरमा उहाँहरुको सहमति भएको थियो । पछि एक्कासी उहाँले नबराजीलाई हटाएर अर्को व्यक्तिलाई ल्याउनु भयो । त्यस क्रममा पनि धेरै जनताले चाँही के बुझे भने नबराजजीले राजीनामा दिनुभयो, सार्र्वजानिक रुपले तर एउटा अनौठो परिस्थितिमा उहाँले त्यो भन्नुभएको हो । तर राजिनामा भनेको लिखित हुनुपर्छ । त्यो कुराचाँही जनताहरुले बुझेका छैनन् । तर जे भएपनि एउटा सिनियर नेतालार्ई पार्टीबाट, पदबाट त्यसरी हटाउनु उचित हुँदैन थियो ।’ 

महामन्त्री राणाले विद्यान विपरितका कारबाही, निर्णयहरुलाई निर्वाचन आयोगले रोक्नेमा आफू विश्वस्त रहेकोे बताउनु भयोे । एकलौटी रुपले पार्टी चल्नुभएन, निर्णय हुनुभएन भन्ने आफूहरुको धारणा रहेको उल्लेख गर्नुभयो ।