७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

सेनाभित्रकाे भ्रष्टाचार, समरी सैनिक अदालतले दियाे सजाय

सेनाभित्रकाे भ्रष्टाचार, समरी सैनिक अदालतले दियाे सजाय
अ+ अ-

काठमाडाैंः नेपाली सेनाकाे समरी जनरल सैनिक अदालतबाट सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका तीन जना सैनिक अधिकृत तथा दुई जना अन्य दर्जालाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको नेपाली सेनाले जनाएकाे छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति २०७६ फागुन २३ गतेको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा मिति २०७६ चैत ६ गते गठित समरी जनरल सैनिक अदालतले फैसला सुनाएको हाे ।

फैसलामा महा सेनानी भुपालमान अधिकारीले महाविद्यालयकाे सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई  सैनिक ऐन विपरीतकाे कसूर गरेकाे भन्दै दुई महिना कैद गर्ने, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरीने गरी सेवाबाट हटाउने तथा निजले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरी लिए, खाएको ठहरिन आएको विगो रकम रु एक करोड ८५ लाख ४० हजार असुल उपर गर्ने भनिएकाे छ ।

त्यस्तै   प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरेकाे ठहर गर्दै दुई बर्ष बढुवा रोक्का गर्ने र निजबाट रकम रु चार लाख ४० हजार असुल उपर गर्ने,  हुद्धा यज्ञराज पोखरेललाइ भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरीने गरी सेवाबाट हटाउने तथा निजबाट रकम तीन लाख ६० हजार असुल उपर  गर्ने, अर्का हुद्धा गणेश बहादुर अधिकारीलाइ दुई बर्ष तलव वृद्धि रोक्का गर्ने तथा निजले हिनामिना गरेको दश हजार असुल उपर गर्ने फैसला भएकाे छ ।

लेखा आ सहसेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई सैनिक ऐन विपरीत कार्य गरेकाे भन्दै निजलाइ नसिहत दिने  तथा सोही मुद्धामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको नेपाली सेनाले जनाएकाे छ ।

सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शून्य सहनशिलताको नीति लिएको नेपाली सेनाले स्पष्ट गरेकाे छ ।