९ आश्विन २०८१, बुधबार
,
Latest
जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला जिल्लाको घाँटीबगर ईलाकामा नेपाली सेनाकाे पाेस्ट



अ+ अ-

काठमाडाैंः नेपाल सरकारको मन्त्री परिषदकाे २०७७ साल १ र १४ गते भएको निर्णय बमोजिम महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तरगत उत्तरतर्फ रहेको ८७ कि.मि. सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय भएबमाेजिम नेपाली सेनाले काम थालेकाे छ । 

सो सडक खण्ड अन्तरगत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटोरघोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त शुक्रबार घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको नेपाली सेनाले जनाएकाे छ ।

साथै बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली तैनाथ गर्ने योजना रहेको छ ।

चीन र भारतको सिमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गापा-१ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको लागि व्यास २ मा पर्ने मौरी भिरमा ठुलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएको तथा स्थानीय बासिन्दाले हालसम्म भारत तर्फ रहेको बाटो प्रयोग गर्दै आएका छन् ।

घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक खण्ड निर्माणको लागी नेपाली सेनाको प्रावधिक जनशक्ति सहित से मु प्लस नफ्रिको फौज घाँटीबगर ईलाकाको थी ईलाकामा तैनाथ गर्ने योजना मुताविक शुक्रबार सो फौज तैनाथ भएको हो । सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।