१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा खेलाडी किनबेचको होड, म्यान्यूले भित्र्यायो सेस्को



बेन्जामिन सेस्को
अ+ अ-

इङल्यान्डको प्रतिष्ठित फुटबल लिग इङलिस प्रिमियर लिगका ठूला टिमहरुले नयाँ खेलाडीहरु भित्र्याउन होडबाजी जारी राखेका छन् । नयाँ सिजन सुरु हुनै लाग्दा खेलाडी किनबेचको समय घर्किन लागेका कारण पनि टिमहरुले पछिल्ला दिनहरुमा खेलाडी भित्र्याउन सक्रियता देखाएका छन् ।

म्यान्चेस्टर युनाइटेडले आरबी लाइपजिगका प्रभावशाली युवा खेलाडी बेन्जामिन सेस्कोलाई सात करोड ४० लाख पाउन्डमा खरिद गरेको छ । स्लोभेनियाका यी खेलाडी बिहीबार फिटनेस टेस्टका लागि ओल्ड ट्राफोर्डमा देखा पर्नेछन् । स्लोभेनियाली खेल पत्रकारहरुका अनुसार, सेस्कोलाई म्यान्चेस्टर सिटीका एर्लिङ हालान्डजस्तै शसक्त खेलाडीका रुपमा लिन सकिन्छ । उनी निकै फुर्तिला र तेज छन् ।

युनाइटेडले यसअघि नै १३ करोड पाउन्ड खर्च गरेर ब्रायन मुमो र म्याथिस कुन्हालाई भित्र्याइसकेको छ । यी तीन खेलाडी भित्रिएसँगै युनाइटेडबाट रास्मस होज्लुन्डको बिदाई पक्कापक्की छ ।

साथै, युनाइटेडका फर्वार्ड अलेक्जान्ड्रो गर्नाचो पनि बिदाई हुने सूचीमा छन् । उनलाई युनाइटेडले बिक्री गर्न चाहेको छ, र उनका लागि क्लबले पाँच करोड पाउन्ड भाउ राखेको छ । खबर अनुसार, अर्जेन्टिनी खेलाडी गर्नाचोलाई चेल्सीले भित्र्याउन प्रयास गरिरहेको छ ।

उता, २०२४–२५ को इङलिस लिग च्याम्पियन लिभरपुलबाट डार्बिन नुनेज बिदा भएका छन् । उनी साउदी क्लब अल हिलाल गएका छन् ।