३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा खेलाडी किनबेचको होड, म्यान्यूले भित्र्यायो सेस्को



बेन्जामिन सेस्को
अ+ अ-

इङल्यान्डको प्रतिष्ठित फुटबल लिग इङलिस प्रिमियर लिगका ठूला टिमहरुले नयाँ खेलाडीहरु भित्र्याउन होडबाजी जारी राखेका छन् । नयाँ सिजन सुरु हुनै लाग्दा खेलाडी किनबेचको समय घर्किन लागेका कारण पनि टिमहरुले पछिल्ला दिनहरुमा खेलाडी भित्र्याउन सक्रियता देखाएका छन् ।

म्यान्चेस्टर युनाइटेडले आरबी लाइपजिगका प्रभावशाली युवा खेलाडी बेन्जामिन सेस्कोलाई सात करोड ४० लाख पाउन्डमा खरिद गरेको छ । स्लोभेनियाका यी खेलाडी बिहीबार फिटनेस टेस्टका लागि ओल्ड ट्राफोर्डमा देखा पर्नेछन् । स्लोभेनियाली खेल पत्रकारहरुका अनुसार, सेस्कोलाई म्यान्चेस्टर सिटीका एर्लिङ हालान्डजस्तै शसक्त खेलाडीका रुपमा लिन सकिन्छ । उनी निकै फुर्तिला र तेज छन् ।

युनाइटेडले यसअघि नै १३ करोड पाउन्ड खर्च गरेर ब्रायन मुमो र म्याथिस कुन्हालाई भित्र्याइसकेको छ । यी तीन खेलाडी भित्रिएसँगै युनाइटेडबाट रास्मस होज्लुन्डको बिदाई पक्कापक्की छ ।

साथै, युनाइटेडका फर्वार्ड अलेक्जान्ड्रो गर्नाचो पनि बिदाई हुने सूचीमा छन् । उनलाई युनाइटेडले बिक्री गर्न चाहेको छ, र उनका लागि क्लबले पाँच करोड पाउन्ड भाउ राखेको छ । खबर अनुसार, अर्जेन्टिनी खेलाडी गर्नाचोलाई चेल्सीले भित्र्याउन प्रयास गरिरहेको छ ।

उता, २०२४–२५ को इङलिस लिग च्याम्पियन लिभरपुलबाट डार्बिन नुनेज बिदा भएका छन् । उनी साउदी क्लब अल हिलाल गएका छन् ।