७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख
फाइल फोटो
अ+ अ-

काठमाडौँ। उपसभामुख इन्दिरा रानामगरले राज्यका सबै संरचनामा लैङ्गिक अल्पसङ्ख्यकको सहभागिता हुनुपर्ने बताउनुभएको छ ।

‘मायाको संसार’ नामक संस्थाले अहाज यहाँ आयोजना गरेको ‘लैङ्गिक पहिचानका आधारमा हुने विभेद न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम’ मा उपसभामुख रानाले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, संवैधानिक आयोगलगायत राज्यका नीति निर्माण तहमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले समावेशिता, समानुपातिक व्यवस्थाको सम्मान गर्नुपर्छ, यो व्यवस्थालाई सुधार गर्दै लैजानुपर्छ, अपाङ्गता भएका व्यक्ति, दलित, अल्पसङ्ख्यकको उचित अर्थपूर्ण सहभागिता हुनुपर्छ ।”

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिताका लागि कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।

मायाको संसारका संस्थापक अध्यक्ष सुनिता लामाले समानताबारे संवैधानिक अधिकारको कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । संविधानको धारा १८ ले समानताको हक प्रत्याभूत गर्छ, जसले लैङ्गिक पहिचानका आधारमा हुने भेदभाव गर्न पाइँदैन भनेको छ ।

धारा ३४ मा उल्लेखित श्रम सामाजिक न्यायको हकलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने संस्थापक अध्यक्ष लामाको भनाइ छ । सो धाराले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको समान सहभागिता र प्रतिनिधित्वको अधिकारलाई समावेश गरेको छ । रासस