१ भाद्र २०८३, सोमबार
,
Latest
चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति



अ+ अ-

चितवन। भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ४३८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

महानगरमा आज आयोजित एक कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले छात्रवृत्ति वितरण गर्नुभएको हो । छात्रवृत्ति पाउनेमा जेहन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अल्पसङ्ख्यक तथा सिमान्तकृततर्फ नौ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका हुन् । साथै छात्रवृत्ति पाउनेमा अपाङ्ग १३ जना, जनआन्दोलन घाइतेतर्फ सहिद एवं बेपत्ता परिवारका १३ जना छन् ।

छात्रवृत्ति प्राप्त गर्नेमा विज्ञान विषय अध्ययन गर्ने तीन सय ३० जना र अन्य विषयका एक सय आठ जना रहेका छन् । विज्ञान विषय अध्ययन गर्नेतर्फ एक सय ६५ जना छात्रा, एक सय ६५ जना छात्र र अन्यतर्फ ५४ जना छात्रा, ५४ जना छात्र रहेको महानगर शिक्षा महाशाखाका प्रमुख सुवाषचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार एक सय ६१ जना विद्यार्थीले छात्रवृत्तिका लागि निवेदन दिएका छन् ।

निवेदन दिएका मध्येबाट छनोट गरी महानगरपालिकाभित्र कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको हो । जसमध्ये सामुदायिक विद्यालयका दुई सय २० जना र संस्थागत विद्यालयका दुई सय १८ जना विद्यार्थी छन् ।

महानगर प्रमुख दाहालले शैक्षिक गुणस्तरमा महानगरपालिकाले फड्को मारेको बताउनुभयो । हरेक वर्ष एसइई परीक्षा उत्तिर्ण गरेर कक्षा ११ मा अध्ययन गर्ने विभिन्न समुदायका विद्यार्थीलाई महानगरले छात्रवृत्ति प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

महानगर उपप्रमुख अधिकारीले विद्यार्थीको भविष्यप्रति महानगर जिम्मेवार भएर प्रस्तुत भएको बताउनुभयो । छात्रवृत्तिले गर्दा विपन्न परिवारका विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन सहज भएको उहाँको भनाइ छ ।

महानगरपालिकाभित्र ९१ वटा विद्यालय सञ्चालनमा छन् । शैक्षिक सत्र २०८२ मा महानगरपालिकाभित्रका विद्यालयमा कक्षा १० सम्म ५१ हजार ६७ जना र कक्षा ११ र १२ मा आठ हजार पाँचसय ९४ जना विद्यार्थी अध्ययनरत छन् । रासस