२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा समितिको बैठकमा काँग्रेस प्रमुख सचेतक घिमिरे र रास्वपा सांसद श्रेष्ठबीच चर्काचर्की



अ+ अ-

काठमाडौँ: प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठबीच चर्काचर्की भएको छ ।

विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयले गरिब तथा विपन्न विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने विषयमा छलफल चलिरहँदा प्रमुख सचेतक घिमिरे र सांसद श्रेष्ठबीच चर्काचर्की भएको हो ।

सांसद श्रेष्ठले विद्यालय शिक्षा उपसमितिको प्रतिवेदन कसले रोक्यो ? भनेर प्रश्न गरेपछि प्रमुख सचेतक घिमिरेले प्रतिवाद गर्नुभयो । सांसद श्रेष्ठले निजी विद्यालयलाई अनुदान दिन नहुने तथा विद्यालयले गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई आवाससहितको पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रश्ताव राख्नुभयो ।

घिमिरेले निजी विद्यालयले आवासको व्यवस्था गर्ने व्यवस्था कानूनमा राख्न नहुने धारणा राख्नुभयो । उहाँले संसारका धेरे जस्तो देशहरुमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुलाई अनुदान दिने गरेको उल्लेख गर्दै अनुदान दिनसक्ने व्यवस्था गर्न प्रश्ताव गर्नुभयो । —न्युज एजेन्सी नेपाल