२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

लमजुङ कक्ष जोगियो, बगैँचा मासियो

लमजुङ कक्ष जोगियो, बगैँचा मासियो
अ अ+ अ-

काठमाडौँ । नारायणहिटी दरबारको मुख्य ढोका नजिकै लमजुङ कक्ष ९बैङ्केट हल० छ । यो कक्ष तत्कालीन राजपरिवारले विशिष्ट स्वदेशी तथा विदेशी पाहुनालाई भोज खुवाउन प्रयोग गरिन्थ्यो । सरकारले दरबारलाई सङ्ग्रहालयमा परिणत गरेपछि यस कक्षलाई यथास्थितिमै राखेर संरक्षण गर्ने निर्णय भयो, जुन निर्णय दरबारभित्रको संरचनालाई जीवन्त राख्ने एउटा महìवपूर्ण प्रयास थियो तर यही कक्षमा केही व्यक्तिले आँखा लगाए ।

सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङ भन्नुहुन्छ, “लमजुङ कक्षबाट सुरु भएको भाडाको मोलमोलाई बगैँचासम्म पुगेपछि विवादमा आएको हो । धनाढ्य परिवार र विदेशी नागरिकलाई भोज खुवाउने रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव आएको थियो ।”
नेपालको मौलिक कलाशैली झल्किने, आकर्षक सजावट र झिलिमिली बत्तीसँगै भोजनका लागि निर्माण भएको यो कक्षलाई केही व्यापारी समूहले तीन वर्षअघि नै रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव गरेको उहाँ सम्झनुहुन्छ । यस प्रस्तावको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले खुलेरै विरोध गर्नुभयो । दरबारभित्रको ऐतिहासिक कक्ष भाडामा लगाउने कुरामा दाहालले असहमति जनाएपछि उक्त प्रस्ताव तुहिएको थियो तर पछि सम्झौता गर्दा भने त्यो अडान कायम रहेन ।

२०७७ को सुरुतिर सङ्ग्रहालयभित्र ‘कफिसप’ चलाउनु प-यो भन्दै अर्को प्रस्ताव आयो, यो प्रस्ताव सङ्ग्रहालयका कर्मचारी तहबाट नभई व्यापारी समूहले माथिल्लो निकायमा राखेको स्पष्ट हुन्छ । कक्ष नपाएपछि बगैँचा हात पार्न मन्त्रालयदेखि सङ्ग्रहालयसम्म पैरवी (लविङ) भएको देखिन्छ । सङ्ग्रहालय अवलोकन गर्न आउनेका लागि खाजा–नास्ता, पानी तथा शौचालयको व्यवस्था र कर्मचारीका लागि सस्तो शुल्कमा खाजा–नास्ता खान क्यान्टिन आवश्यक थियो । त्यहीबीचमा मुख्य प्रवेशद्वारको बायाँपट्टि रातो घरसहितको छ आना तीन पैसा जमिन भाडामा लगाउने कुरामा सहमति जुट्यो । सोही सहमतिअनुसार, आवश्यक कानुनी प्रक्रियाका लागि २०७७ साउनमा टेन्डर आह्वान गर्दा तीनवटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये दुईवटा कम्पनी होटल आनन्द र बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट बतास समूहका हुन् ।

बीपीएसले टेन्डर प्राप्त गरे पनि निर्माणको जिम्मा भने बतास समूहकै अर्को बी म्यानेजमेन्टले लिएको हो । बी म्यानेजमेन्टले दुईपक्षीय सम्झौता विपरीत रातोघर मात्र नभई बङ्कर, शौचालय र बगैचालगायत करिब १० रोपनी जमिन कब्जा गरी आफूखुसी संरचना निर्माण गरेको हो । सो संरचना निर्माण कार्य विवादमा आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको मौखिम आदेशमा मङ्गलबारबाट निर्माण रोकिएको छ । लमजुङ कक्ष लिन तम्सिएको समूहले अन्ततः बगैँचालगायतको जमिन कब्जा गरी सम्झौता विपरीत रेस्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण गरेको पाइएको  गोरखापत्रले लेखेको छ ।