२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

लमजुङ कक्ष जोगियो, बगैँचा मासियो

लमजुङ कक्ष जोगियो, बगैँचा मासियो
अ अ+ अ-

काठमाडौँ । नारायणहिटी दरबारको मुख्य ढोका नजिकै लमजुङ कक्ष ९बैङ्केट हल० छ । यो कक्ष तत्कालीन राजपरिवारले विशिष्ट स्वदेशी तथा विदेशी पाहुनालाई भोज खुवाउन प्रयोग गरिन्थ्यो । सरकारले दरबारलाई सङ्ग्रहालयमा परिणत गरेपछि यस कक्षलाई यथास्थितिमै राखेर संरक्षण गर्ने निर्णय भयो, जुन निर्णय दरबारभित्रको संरचनालाई जीवन्त राख्ने एउटा महìवपूर्ण प्रयास थियो तर यही कक्षमा केही व्यक्तिले आँखा लगाए ।

सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङ भन्नुहुन्छ, “लमजुङ कक्षबाट सुरु भएको भाडाको मोलमोलाई बगैँचासम्म पुगेपछि विवादमा आएको हो । धनाढ्य परिवार र विदेशी नागरिकलाई भोज खुवाउने रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव आएको थियो ।”
नेपालको मौलिक कलाशैली झल्किने, आकर्षक सजावट र झिलिमिली बत्तीसँगै भोजनका लागि निर्माण भएको यो कक्षलाई केही व्यापारी समूहले तीन वर्षअघि नै रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव गरेको उहाँ सम्झनुहुन्छ । यस प्रस्तावको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले खुलेरै विरोध गर्नुभयो । दरबारभित्रको ऐतिहासिक कक्ष भाडामा लगाउने कुरामा दाहालले असहमति जनाएपछि उक्त प्रस्ताव तुहिएको थियो तर पछि सम्झौता गर्दा भने त्यो अडान कायम रहेन ।

२०७७ को सुरुतिर सङ्ग्रहालयभित्र ‘कफिसप’ चलाउनु प-यो भन्दै अर्को प्रस्ताव आयो, यो प्रस्ताव सङ्ग्रहालयका कर्मचारी तहबाट नभई व्यापारी समूहले माथिल्लो निकायमा राखेको स्पष्ट हुन्छ । कक्ष नपाएपछि बगैँचा हात पार्न मन्त्रालयदेखि सङ्ग्रहालयसम्म पैरवी (लविङ) भएको देखिन्छ । सङ्ग्रहालय अवलोकन गर्न आउनेका लागि खाजा–नास्ता, पानी तथा शौचालयको व्यवस्था र कर्मचारीका लागि सस्तो शुल्कमा खाजा–नास्ता खान क्यान्टिन आवश्यक थियो । त्यहीबीचमा मुख्य प्रवेशद्वारको बायाँपट्टि रातो घरसहितको छ आना तीन पैसा जमिन भाडामा लगाउने कुरामा सहमति जुट्यो । सोही सहमतिअनुसार, आवश्यक कानुनी प्रक्रियाका लागि २०७७ साउनमा टेन्डर आह्वान गर्दा तीनवटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये दुईवटा कम्पनी होटल आनन्द र बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट बतास समूहका हुन् ।

बीपीएसले टेन्डर प्राप्त गरे पनि निर्माणको जिम्मा भने बतास समूहकै अर्को बी म्यानेजमेन्टले लिएको हो । बी म्यानेजमेन्टले दुईपक्षीय सम्झौता विपरीत रातोघर मात्र नभई बङ्कर, शौचालय र बगैचालगायत करिब १० रोपनी जमिन कब्जा गरी आफूखुसी संरचना निर्माण गरेको हो । सो संरचना निर्माण कार्य विवादमा आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको मौखिम आदेशमा मङ्गलबारबाट निर्माण रोकिएको छ । लमजुङ कक्ष लिन तम्सिएको समूहले अन्ततः बगैँचालगायतको जमिन कब्जा गरी सम्झौता विपरीत रेस्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण गरेको पाइएको  गोरखापत्रले लेखेको छ ।