९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेटेरिनरी सेवालाई आवश्यक सूचिमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले भेटेरिनरी सेवालाई आवश्यक सूचिमा राख्न आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । 
 
नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष निवेदक डा शितलकाजी श्रेष्ठले दर्ता गरेको रिट उपर न्यायधिशद्दय सपना प्रधान मल्ल र हरि प्रसाद फुयालको संयुक्त इजलाश मार्फत विहिवार उक्त आदेश जारी भएको हो । 

विपक्षीहरुलाई समेत बोलाई भएको छलफल पश्चात पशुहरुले रोग र पिडाबाट पाउनु पर्ने मुक्तिको सुनिश्चितता पनि बन्दाबन्दीको अवस्थामा गर्न नसकिएको र पौष्टिक भोजन तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि पशुपालन व्यवसायलाई हेर्नु पर्ने कानूनी दायित्वमा पनि पालना हुन नसक्ने अवस्था बन्दाबन्दीको बेला सृजना भएकोले उक्त आदेश जारी गर्नु पर्ने खुलाइएको छ । 

निवदकको तर्फबाट विद्धान अधिवक्ताहरु श्री मुकुन्द अधिकारी, रवि नारायण खनाल , टिकाराम भट्टराई, अमर राउत, महेश्वर श्रेष्ठ, सन्तोष भण्डारी, कमल कोइराला र लक्ष्मी नानी थापाले प्रस्तुत रिटमा बहश गरेका थिए ।