९ आश्विन २०८१, बुधबार
,
Latest
जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेनाबाट विश्वभर ३ लाख ४० हजारकाे मृत्यु



अ+ अ-

काठमाडाैंः विश्वभर महामारीका रूपमा फैलिएकाे काेराेनाभाइरसबाट शनिबारसम्म ३ लाख ४० हजारकाे ज्यान गएकाे छ । चीनकाे वुहानबाट शुरू भएकाे याे भाइरसकाे प्रकाेप युराेप, संयुक्तराज्य अमेरिका हुँदै अहिले दक्षिण अमेरिकाकाे ब्राजिलमा इपिसेन्टरका रूपमा देखिएकाे छ ।

यस भाइरसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिका नै हाे । यहाँ हालसम्म ९७ हजार ६४७ जनाकाे मृत्यु भइसकेकाे छ भने झण्डै १७ लाख मानिस संक्रमित भएका छन् ।

युराेपेली महादेशमा काेराेनाकाे कहरले डेढ लाखभन्दा बढीकाे ज्यान लिइसकेकाे छ । युराेपमा हालसम्म १ लाख ६८ हजारकाे ज्यान गएकाे छ, तर झण्डै तीन महिनाकाे लकडाउन र सामाजिक दुरीकाे कार्यान्वयनका कारण अहिले भाइरसकाे प्रकाेप केही मत्थर देखिएकाे छ । यस क्षेत्रमा १८ लाख ६८ हजार संक्रमित भएका थिए । 

अहिले भाइरसकाे इपिसेन्टरका रूपमा देखिएकाे ब्राजिलमा २१ हजारकाे हाराहारीमा मानिसकाे मृत्यु भइसकेकाे छ भने ३ लाख ३२ हजारभन्दा बढी संक्रमित छन् । ब्राजिलका राष्ट्रपति जेयर बाेल्साेनाराे स्वयं देशमा जारी लकडाउनकाे उल्लंघन गर्दै सार्वजनिक सभा र कार्यक्रम गर्दै हिँड्नु भएकाे छ । उनी अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प झैं लकडाउनकाे विपक्षमा छन् । मलेरियाकाे अाैषधि प्रयाेग गर्न सल्लाह दिँदै हिँड्ने दुबै नेताकाे गलत रबैयाले भाइरस प्रसार राेक्न उल्लेखनीय प्रगति नभएकाे ठहर गरिँदैछ । 

यता दक्षिण एसियामा भारत, पाकिस्तान र बंगलादेशकाे अवस्था पनि नाजूक बन्दै गएकाे छ । अपेक्षाकृत कम परीक्षण गरिरहेकाे भारतमा अहिल्यै १ लाख २५ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ दिनहुँ ५ हजारभन्दा बढी काेराेना संक्रमित भेटिइरहेका छन् । भारतमा ३ हजार ७०० भन्दा बढीकाे ज्यान गइसकेकाे छ ।

खासगरी वृद्ध, अन्य राेगहरू जस्तै मुटुराेग, दम, मधुमेह राेग लागेका तथा राेगप्रतिराेधि क्षमता कम भएका व्यक्तिहरू नै यस राेगबाट सबैभन्दा बढी प्रभावित भएकाे विभिन्न अध्ययनहरूले देखाएका छन् ।