२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानाध्यापकमा नियुक्त भएमा शिक्षकको महासंघको सदस्यता स्वतः निष्क्रिय हुने



अ+ अ-

काठमाडौं । नेपाल शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्याल शिक्षा विधेयकसम्बन्धी परामर्श उपसमितिले गरेको प्रश्ताव समितिले पास गरेको हो ।

नेपाल शिक्षक महासंघको पदाधिकारीलाई एक वर्षमा बढीमा दुई महिनासम्म काजको व्यवस्था गर्न सकिने व्यवस्था गर्ने प्रश्ताव गरेको छ । यद्यपि शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले काजको समयावधी हटाउन प्रश्ताव गर्नुभएको छ ।

नेपाल शिक्षक महासंघको संस्थागत विकास तथा शैक्षिक सुधार सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी नेपाल शिक्षक महासंघले तोकेका दुई जना पदाधिकारीलाई एक वर्षमा बढीमा दुई महिनासम्म काजको व्यवस्था गर्न सकिने परामर्श उपसमितिको प्रश्ताव छ । उक्त प्रश्तावमा सहमति जुट्न सकेको छैन । विधेयकलाई आजै पास गर्नेगरी समितिमा छलफल जारी छ ।