६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनको हत्याको षड्यन्त्र



अ+ अ-

एजेन्सी

मस्को । युक्रेनमा भएको आक्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘बेचैन’ छन् । रिपोर्टका अनुसार उनले सम्भावित आणविक आक्रमणको डरले आफ्नो परिवारलाई एउटा रहस्यमय भूमिगत सहरमा लुकाएर राखिसकेका छन् ।

पुटिनको डर यति बढेको छ कि उनले आफ्ना एक हजार निजी कर्मचारीलाई बर्खास्त गरेका छन् । उनीहरूले आफूलाई विष दिएर मार्न सक्छन् भन्ने सोचाइ पुटिनमा रहेको छ ।

एउटा रिपोर्टले पुटिनले डरका कारण आफ्ना सयौँ निजी कर्मचारीलाई बदलेको बताएको छ। डेलीस्टार समाचारका अनुसार यसमा पुटिनका कुक, सचिव, लुगा धुने कामदार र अङ्गरक्षकहरू सामेल छन् ।

रुस र युक्रेन विगत २६ दिनदेखि युद्धमा छ र युक्रेनको राजधानी कीभ अझै जेलेन्स्की सरकारको नियन्त्रणमा छ।

अहिलेसम्म पाँच रुसी जनरल र हजारौं सैनिक मारिएका छन् । एक फ्रान्सेली एजेन्टले क्रेमलिनका भित्रियाहरुले पुटिनलाई कूद्वारा सत्ताबाट हटाउन सक्छन्। यसको एउटा उपाय ‘रुसी राष्ट्रपतिको हत्या’ पनि हुन सक्छ।

पुटिनका विपक्षीहरुले खुलेरै घोषणा गरेका थिए

समाचारअनुसार वरिष्ठ रूसी राजनीतिक व्यक्तित्वहरूले सार्वजनिकरूपमा पुटिनका नजिकका मानिसहरूलाई उनको हत्या गर्न उक्साएका छन्। त्यसैले पुटिनको डर निराधार छैन।

दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहमले पुटिनको हत्याको आह्वान गर्दै ट्वीट गरेका थिए। उनले भनेका थिए, “यो सबै अन्त्य गर्ने एउटै उपाय यो हो कि कसैले यो मानिस (पुटिन) लाई बाहिर फालोस् । तपाईंले आफ्नो देशक लागि, संसारक लागि यो गर्नुहुनेछ।”

विष दिएर हुनसक्छ हत्या

फ्रान्सेली गुप्तचर अधिकारीले पुटिनको हत्या भएमा विष सम्भावित उपाय हुनसक्ने दाबी गरेका छन्। रुसी सरकारले आफ्ना शत्रुहरू विरुद्ध विष प्रयोग गरेको पाइन्छ।

फ्रान्सेली एजेन्टले डेली बिस्टलाई बताएअनुसार यी प्रयासहरू क्रेमलिन भित्रबाट मात्र गर्न सकिन्छ। उनका अनुसार रुसी गुप्तचर एजेन्सी मात्र बाँकी छ जसले विष प्रयोग गर्दछ।