७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

जनता समाजवादीका नेताहरू देउवा निवासमा, संविधान संशाेधनबारे छलफल

जनता समाजवादीका नेताहरू देउवा निवासमा, संविधान संशाेधनबारे छलफल
अ+ अ-

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गरेपछि संवैधानिक प्रावधान बमाेजिम संविधानमा व्यवस्थित नेपालकाे निशान छाप पनि संशाेधन गर्नु पर्दछ । यही सिलसिलामा सरकाले संविधान संशोधन गर्न संसदमा शुक्रबार विधेयक दर्ता गरिसकेकाे छ ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाइ शनिबार उहाँकै निवासमा पुगेर प्रस्तावित विधेयकमा बिनाशर्त साथ नदिन जनता समाजवादी पार्टी जसपाले आग्रह गरेको छ।

देउवाकाे बूढानीलकण्ठस्थित निवास पुगेका नेताहरूमा पूर्वराजपाका अध्यक्ष मण्डलका शरतसिंह भण्डारी, राजेन्द्र महतो र महिन्द्र राय यादव र समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

त्यस भेटमा देउवाका तर्फबाट के आश्वासन दिइयाे भन्ने स्पष्ट छैन, तर संविधान संशाेधनकाे मुद्दा मधेसवादी दलकाे पुरानाे माग हाे । यस मागका बारेमा छलफल गर्न सत्तारूढ दल, खासगरी प्रधानमन्त्रीले खासै रूचि देखाउनु भएकाे छैन । उहाँले पटकपटक संविधान संशाेधन के का लागि ? भन्दै प्रश्न गरिरहनु भएकाे छ ।

यता अपेक्षाकृत मधेशवादी दलप्रति केही नरम देखिएकाे नेपाली काँग्रेसले संविधान संशाेधन मार्फत मधेशका केही गुनासा भए संवाेधन गर्न तयार रहनु पर्ने धारणा राख्दै आएकाे छ ।

संविधान संशाेधनका लागि संसदमा दुइ तिहाइ मत चाहिन्छ । काँग्रेसले निशान छापकाे विषय राष्ट्रिय मुद्दा भएकाले अस्वीकार गर्ने वा विपक्षमा मतदान गरेर अलाेकप्रिय हुने सम्भावना कमै छ । तथापी काँग्रेसले संविधान संशाेधन समेतका विषयमा छलफल गर्न आइतबार केन्द्रीय समितिकाे बैठक बाेलाएकाे छ ।