२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहरः मनमोहनका बिरामी गणेशमानमा सारियो, मुटु सेवा स्थगित



अ+ अ-

मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक जना हेटौंडाकी मुटुरोगीमा कोरोना संक्रमण प्रमाणित भएपछि संक्रमित बिरामीलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना आइसोलेसन सेन्टरमा सारिइसकेको छ । उपचारका क्रममा संक्रमितको सम्पर्कमा आएका डाक्टर नर्स तथा अन्य कर्मचारीलाई ट्रेसिङ गरी क्वारेन्टिनमा राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मुटुरोगको उपचारका लागि ६ दिनअघि मनमोहन कार्डियोमा भर्ना भएकी हेटौंडा–४ हुप्र मकवानपुर स्थायी घर भएकी ५४ वर्षीया महिलाको मनमोहनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो । उहाँलाई हेटौंडा अस्पतालमा उपचार नभएपछि गंगालाल हृदय केन्द्रमा रिफर गरिएको र गंगालालले मनमोहन कार्डियोमा रिफर गरिएको बुझिएको छ । संक्रमित महिलाको शुक्रबार कोरोना पोजेटिभ प्रमाणित भएको थियो । यति बेला मनमोहन कार्डियोथेरासिकका विशेषज्ञलगायत धेरै स्वास्थ्यकर्मी संक्रमित महिलाको कन्ट्रयाकमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा पुगेकाले हाललाई मुटुरोग सेवा स्थगित गरिएको अस्पतालले जनाएको छ ।

कन्ट्रयाक ट्रेसिङ गरी सबैको परीक्षण रिपोर्ट नआएसम्म सेन्टरले मुटुरोगको ओपीडीसँगै क्याथ ल्याबसमेत बन्द गर्ने निर्णयमा पुगेको अस्पतालका एक उच्च अधिकारीले जानकारी गराए । अहिलेसम्म कन्ट्रयाक ट्रेसिङमा झन्डै ३५ जना आइसकेका र थपिने क्रम जारी रहेकाले कुल संख्या यकिन भइनसकेको बुझिएको छ । संक्रमित महिला राखिएकै सीसीयू कक्षमा उपचार गराइरहेका अन्य ६ जना बिरामीलाई पनि त्रिवि शिक्षण अस्पतालकै गणेशमान भवनको कोभिड क्वारेन्टाइनमा सार्ने योजनासहित छलफल भइरहेको अस्पतालका एक चिकित्सकले जनाएका छन् । मनमोहन कार्डियोका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई भने कार्डियो थोरासिककै माथिल्लो तल्लामा र त्रिवि शिक्षण अस्पताल खाली ठाउँ या कुनै सुरक्षित ठाउँमा रहेका होटलको खोजी कार्य शुरू भएकोे स्रोतले जनाएको छ । ट्रेसिङमा ठूलो संख्या हुने भएकाले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुरूप पालना गर्दै दूूरी कायम गरेर बस्न ठूलो ठाउँको आवश्यकता हुन्छ ।

ग्रान्डीका संक्रमित पाटनमा

ग्रान्डी इन्टरनेसनल अस्पतालको ल्याबमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलसनमा सारिएको छ । कोरोना प्रमाणित भएका ती कर्मचारी ग्रान्डीको ल्याबमा काम गरिरहेका थिए । उनलाई कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आइसोलसनमा लगिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी गराएका छन् । उनले ग्रान्डीका कर्मचारीको शनिबार बिहान मात्र कोरोना पुष्टि भएको र दिउँसो पाटन अस्पताल लगिएको तथा उनी कार्यरत ग्रान्डी अस्पतालको सम्बन्धित विभाग मात्र सिल्ड गरी कन्ट्रयाक ट्रेसिङ शुरू गरिएको जानकारी गराए ।

शनिबार बिहान कोरोना पुष्टि भएका काठमाडौंका ३५ वर्षीय पुरुष ग्रान्डीका ल्याब कर्मचारी भएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ग्रान्डी र मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा र ग्रान्डीमा संक्रमितसँग प्रत्यक्ष जोडिएको एरिया सिल्ड गरी निर्मूलीकरण गर्ने र कन्ट्रयाक टे«सिङ लिने कामलाई सुचारु राख्दै सेवा अवरुद्ध नहुने गरी काम गरिएको छ । नेपाल समाचारपत्र दैनिक