१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएमबी र पुनर्बिमा कम्पनीको साधारण सभा आज, २ बैंकको सेयर नेप्सेमा सूचीकृत



अ+ अ-

काठमाडौंः एनएमबि बैंकको वार्षिक साधारण सभा आज बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बस्दैछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ ।  

बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

यसैगरी, नेपाल पुनर्बिमा कम्पनीको पनि आजै साधारण सभा हुँदैछ । साधारण सभामा आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । पुस १३ गतेसम्म कायम सेयरधनीले यसको लाभांश सुरक्षित गरेका छन् ।
 
साधारण सभा र लाभांश वितरणका लागि गत पुस १४ गते कम्पनीले बुक क्लोज गरिसकेको छ ।  

नेप्सेमा दुई बैंकको सेयर सूचीकृत

नेप्सेमा दुईवटा बैंकको २ करोड १३ लाख ६४ हजार ७१४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सानिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२ कित्ता बोनस सेयर रहेको छ ।  
 
यस्तै, कामना सेवा विकास बैंकको ४९ लाख ६ हजार १३२ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १८.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।